सर्लाही, चैत ९ । सर्लाहीको बलरा नगरपालिकामा एक जनाको जङ्गली जनावरलाई थापिएको करेन्टमा परी मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु भएका भरतीय सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको हुन् । रामअक्षयलाई राति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मृतक रामअक्षयको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टमपछि परिवारले बुझेर लगेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस