Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तिलाबे पुलको अधुरो काम पप्पुले नगरेपछि लुम्बिनी बिल्डर्सले गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १०,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१० माघ । काम सम्पन्न नगरी उद्घाटन गरिएको हुलाकी राजमार्ग अन्तर्गत वीरगन्ज–ठोरी सडकखण्डको तिलावे नदीको पुलको बाँकी काम लुम्बिनी बिल्डर्सले सुरु गरेको छ । करिब २ साता अघिदेखि लुम्बिनीले त्यहाँ काम गरिरहेको छ । पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्स ज्वाइन्ट भेन्चरका कम्पनी हुन् ।

तर उद्घाट्न गरिएको लामो समय बितिसक्दा पनि पुलमा बाँकी रहेको अधुरो काम सम्पन्न गर्न ठेकेदार कम्पनीले तदारुकता नदेखाउँदा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले दुबै कम्पनीलाई कारबाहीमा लैजाने चेतावनी दिएको थियो । त्यसपछि मात्रै लुम्बिनी बिल्डर्स अधुरो काम सम्पन्न गर्न तयार भएको हो ।

कार्यालयका प्रमुख दारोगा प्रसादले काम अधुरो राखेर दुबै कम्पनी मौन बसेपछि दुबैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएपछि लुम्बिनी काम सम्पन्न गर्न तयार भएको बताए । ‘सुरुमा पप्पुले काम गर्‍यो र छोड्यो, त्यतिबेला काम सम्पन्न नभए पनि व्यवहारिक रुपमा पुलको उद्घाट्नसमेत गरियो,’ उनले भने, ‘त्यसपछि दुबै कम्पनी मौन बसेकाले कार्यालयले दुबैलाई कारबाही गर्ने चेतावनी दिएपछि लुम्बिनी अधुरो रहेको काम सम्पन्न गर्न अघि सरेको हो, हालसम्म उसले गरिरहेको काम सन्तोषजनक छ ।’

लुम्बिनी बिल्डर्स प्रालिका साइट इन्चार्ज कविराज पौडेलले पप्पु कन्स्ट्रक्सनले पहिला काम गर्छु भनेर पछि काम नगरेपछि लुम्बिनीले बाध्यतावश् अधुरो काम सम्पन्न गर्न हात हालेको बताए ।

उनले फागुन मसान्तसम्म काम सम्पन्न गर्ने अवधि बाँकी रहेको तर यसै गतिमा काम गर्न पाए आउँदो २ साताभित्र काम सम्पन्न गरिसक्ने दाबी गरे । हाल पुलको पूर्व र पश्चिम दुबै तर्फ ३/३ मिटर लम्बाई र ११/११ मिटर चौडाईको एबुडमेन्ट ढिलाइको काम सम्पन्न गर्न लागिएको उनले बताए । यसबाहेक खोलाको पूर्वी किनारमा १ सय ५५ र पश्चिमी किनारमा १ सय ६५ मिटर लामो तटबन्ध निर्माण गरिएको उनले बताए । त्यसैगरी, पुलको सुरक्षाको लागि २० मिटर लामो र ७ मिटर चौडा एप्रोच साइड ग्यावलिन समेत निर्माण भइरहेको उनले बताए । ८ वटा ह्युम पाइप पनि जडान गरिएको उनले बताए ।

यससँगै पुलको पूर्व र पश्चिमतर्फ गरेर ३ सय मिटर कालोपत्रे सडक निर्माणको काम पनि गर्ने तयारी भइरहेको उनले बताए । तर निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न ढुंगा गिट्टी नपाइएकाले समस्या भइरहेको बताए । हेटौंडाबाट खरिद गरी ल्याउँदै गरेको १ टिपर ढुंगा आइतबार मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर राखेकाले काम प्रभावित हुनसक्ने उनको भनाइ थियो ।

साउन २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले रिबन काटेर उक्त पुलको संयुक्त उद्घाटन गरेका थिए । त्यसबेला नै स्थानीयले काम सम्पन्न नगरी उद्घाटन गर्न लागिएको भनी चर्को विरोध गरेका थिए । विरोधका बावजुद भव्यता साथ पुलको उद्घाटन गरिएको थियो ।

पप्पु-लुम्बिनी जेभीले १ सय मिटर लामो र ७ मिटर चौडा पुल निर्माणको ठेक्का ७ करोड ७१ लाख रुपैयाँमा पाएका थिए । पुल निर्माणको सम्झौता २०७२ जेठ २५ मा भइ पहिलो पटक काम सम्पन्न गर्नुपर्ने म्याद २०७५ जेठ २४ मा निर्धारण गरिएको थियो । तर ठेकेदार कम्पनीले पटक पटक म्याद थप गराउँदै आएका थिए ।

जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्जसँग जोड्ने हुलाकी सडक अन्तर्गतको यो पुल निर्माणको काममा ढिलाइ भएपछि गत वर्षको अन्त्यतिर जिल्लाका युवाहरुले तिलाबे पुल निर्माण दबाब समूह गठन गरी दैनिकजसो उक्त पुल निर्माण स्थलमा विरोध प्रर्दशन गरी पुल निर्माणका लागि दबाब दिएका थिए । साभार – कान्तिपुर

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ माघ १०,मंगलवार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद