जनकपुरधाम । मधेश प्रदेश सरकारले भोली प्रदेशभरी सार्वजनिक विदा दिएको छ । प्रदेश राजपत्रमा उल्लेखित बलिदानी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक विदा भएको हो ।
मधेश सरकारको गृह तथा सँचार मन्त्रालयद्धारा जारी गरिएको प्रदेश राजपत्र २०७९ मा थप गरिएको विदाहरुमा माघ ५ गते बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।
माघ ५ गते मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश संघीयतामा गएपछि मधेश सरकारले माघ ५ गते सार्वजनिक विदा दिदैँ आएको छ । प्रदेशको ८ वटै जिल्लामा भोली सरकारी कामकाजहरु बन्द रहने छ ।
मधेश आन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघमा बलिदानी दिवस मनाउँदै आएको छ ।
सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएपनि यसपाली शहिदको स्मरणभन्दा सत्तालोभमा लिप्त देखिएका छन् ।
मधेश आन्दोलनका शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघको बलिदानी दिवस मनाउँदै आएको छ ।