Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विमान दुर्घटनामा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको पुष्टि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,१ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ । मृतक मध्य् ११ जनाको सनाखत भएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

दुर्घटनामा ७२ जनाको मृत्यु भएको उद्दारमा संलग्न सुरक्षाकर्मीले जनाएका छन । केही सयमअघि सम्म ६८ जनाको शव घटनास्थलबाट निकालिएको छ । ४ जनाको सव खोंचबाट निकाल्ने प्रयास भइरहेको उद्दारमा संलग्न सुरक्षाकर्मीले जनाएका छन् ।

पोखरामा अवतरणका क्रममा आइतवार बिहान दुर्घटनामा परेको यति एअरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तीमध्ये ३२ वटा शव दुर्घटनास्थलबाट निकालेर अस्पताल लगिएको छ।

नेपाली सेनाका अनुसार विमान खसेको खोँचमा आइतवार अपराह्णसम्म कोही जीवितै फेला परेका छैनन्। सरकारले दुर्घटनाबारे छानबिन गर्न एउटा आयोग गठन गरेको छ तथा वायुसेवाहरूलाई आन्तरिक उडानमा रहेका विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन पनि दिएको छ।

प्राधिकरण तथा यति एअरलाइन्सका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०.५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।

खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीप्रवक्ताले भने,सुरुमा भेटिएकामध्ये कोही जीवित छन् कि भन्ने ठानिएको होला। तर हामीले अहिलेसम्म घाइते अवस्थामा कसैलाई पनि फेला परेका छैनौ ।

यसअघि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गम्भीर अवस्थामा फेला परेका दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएकोू बताएका थिए।

सेती खोँचमा विमानबाट अरू मानिस पनि खसेको आशङ्कामा खोजी गर्न उद्धारकर्मीहरू डोरीमा झुन्डिएर तल गएका छन्, ढकालले भने।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ माघ १,आईतवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ माघ १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद