Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी प्रदुषण मुक्त गराउन माग गर्दै रक्सौल नगर परिषदले बुझायो वीरगञ्ज महानगरलाई ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २७,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ पुष । सिर्सिया नदी प्रदुण मुक्त गर्न माग गर्दै रक्सौल नगरपरिषदका स्वच्छ सर्वेक्षण अभियन्ताले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

सिर्सिया नदी प्रदुषणले पर्यावरण र जनजीवनमा खतरा बढाएको भन्दै प्रदुषण मुक्त गराउन कडा कदम चाल्न सुझाव सहित ज्ञापन पत्र बुझाएका हुन् ।

रक्सौल नगरपरिषदका स्वच्छ सर्वेक्षण अभियन्ता डा.स्वयंभु शलभले बुझाएको ज्ञापन पत्रमा नदी प्रदुषणले यस क्षेत्रमा भौगर्भीक रुपमै पानी दुषित हुने जोखिम देखिएको उल्लेख छ ।

बारा, पर्सामा संचालित उद्योगबाट निस्कने जहरिलो रसायानिक लेदो सोझै सिर्सिया नदीमा मिसाउने गर्दा नदी प्रदुषित भएको भन्दै त्यसलाई कडाइका साथ नियन्त्रण गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

वीरगञ्जबाट भारत प्रवेश गर्ने यो नदी भारततर्फ कुनै पनि प्रदुषित पदार्थ मिसाउने नगरीएको भए पनि नेपाल तर्फबाटै प्रदुषित भएर जाँदा भारतीयहरुले पनि सास्ति भोग्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

यहाँबाट प्रदुषित भएर गएको पानीले गंगा नदी समेतलाई प्रदुषित गराएको भन्दै प्रदुषण गर्नेलाई कडाईका साथ कारबाही गरेर नियन्त्रण गर्नु पर्नेमा जोड दिइएको छ ।

यो नदीलाई प्रदुषण मुक्त गराउन रक्सौल नगरपरिषद वीरगञ्ज महानगरसँग हातेमालो गर्न तयार रहेको भन्दै अभियान चलाउन आग्रह गरिएको छ ।

वीरगञ्ज महानगरले यो नदी प्रदुषण मुक्त गराउन भन्दै अहिले नदी क्षेत्रमा रहेको उद्योगको अनुगमन जारी राखेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ पुष २७,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ पुष २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद