बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।
कलैया बारियारपुर सडकखण्ड अन्र्तगत बाराको महागढीमाई नगरपालिका– २ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए । नम्बर नखुलेको दुई वटा मोटरसाईकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए । बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पु¥याईएकोमा सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
‘ भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘ चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’ गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
बरियारपुरमा आफन्तलाई भेटेर फर्केपछि नास्ता गर्ने क्रममा अज्ञात समूहले गोली हानेको मृतकका अर्का आफन्त रविन्द्र प्रसाद यादवले बताए ।
© 2024