Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा गोलि लागेर भारतीय नागरिकको मृत्यु ,थप विवरण सहित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ८,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।
कलैया बारियारपुर सडकखण्ड अन्र्तगत बाराको महागढीमाई नगरपालिका– २ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए । नम्बर नखुलेको दुई वटा मोटरसाईकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए । बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पु¥याईएकोमा सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
‘ भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘ चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’ गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
बरियारपुरमा आफन्तलाई भेटेर फर्केपछि नास्ता गर्ने क्रममा अज्ञात समूहले गोली हानेको मृतकका अर्का आफन्त रविन्द्र प्रसाद यादवले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद