Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा राष्ट्रिय निकुञ्जबाट ५ जना शिकारी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना मृत जरायो र जरायोको सिंहसहित पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया स्थितको वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने.दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस ६ मालदोङ्ग तामाङ्ग रहेको पर्सा राष्ट्रिय निकुञ्ज अधाभारका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिनुभयो ।

उनीहरुको साथबाट टाउकोमा गोली लागी मृत अवस्थामा रहेको पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोवाईल, दुई लाख ९० हजार ६ सय ३० रुपैया नगद बरामद भएको प्रमुख संरक्षण अधिकृत रामले बताउयनुभयो । उनीहरुको साथबाट १२ बोरको बन्दुक, १० थान गोली बरामद भएको रहेछ, नाईट भिजन क्यामेरा, बाईनाकुलर, भारु १ हजार २ सय रुपियाँ पनि बरामद भएको छ

उनीहरुले प्रयोग गन बा ५ त ७८०५ नम्बरको टोयटा गाडी, र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिई थप अनुसन्धान भईरहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सुचना अधिकारी सुर्य खड्काले बताउनुभयो ।

नियन्त्रणमा लिएको गाडी मध्य एउटा गाडी नवनिर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले प्रयोग गर्ने गाडी रहेको पनि स्रोतले जनाएको छ । त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ पुष ५,मंगलवार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद