Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा राष्ट्रिय निकुञ्जबाट ५ जना शिकारी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना मृत जरायो र जरायोको सिंहसहित पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया स्थितको वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने.दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस ६ मालदोङ्ग तामाङ्ग रहेको पर्सा राष्ट्रिय निकुञ्ज अधाभारका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिनुभयो ।

उनीहरुको साथबाट टाउकोमा गोली लागी मृत अवस्थामा रहेको पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोवाईल, दुई लाख ९० हजार ६ सय ३० रुपैया नगद बरामद भएको प्रमुख संरक्षण अधिकृत रामले बताउयनुभयो । उनीहरुको साथबाट १२ बोरको बन्दुक, १० थान गोली बरामद भएको रहेछ, नाईट भिजन क्यामेरा, बाईनाकुलर, भारु १ हजार २ सय रुपियाँ पनि बरामद भएको छ

उनीहरुले प्रयोग गन बा ५ त ७८०५ नम्बरको टोयटा गाडी, र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिई थप अनुसन्धान भईरहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सुचना अधिकारी सुर्य खड्काले बताउनुभयो ।

नियन्त्रणमा लिएको गाडी मध्य एउटा गाडी नवनिर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले प्रयोग गर्ने गाडी रहेको पनि स्रोतले जनाएको छ । त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ पुष ५,मंगलवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद