Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरले स्वर्गीय पत्रकार सर्राफको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २५,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – स्वर्गीय पत्रकार नरेश सर्राफको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पर्साका युवा पत्रकार स्वर्गीय सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगञ्ज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे हुन् ।

सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।

यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।

यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद