Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

राप्ती र बबई नदीका तटबन्धमा क्षति

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
फाइल फोटो

फाइल फोटो

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर, १३ मङ्सिर । गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३।७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।

कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर रमानन्द दासका अनुसार यी दुईवटै ठूला नदीले कटान नगरेको स्थानमा तटबन्धन नगरे अर्को वर्ष ठूलो क्षति हुनसक्छ । “हामीले गएको वर्षात्ले तटबन्धनमा गरेको क्षतिको विवरण निकालेका छौँ”, उहाँले भन्नुभयो, “जहाँ १३।७ किलोमिटर क्षेत्रफलमा क्षति भएको छ, यदि त्यो क्षेत्रमा यो वर्ष नै तटबन्ध नगरे अर्को वर्ष बाढीले क्षति गर्छ ।”

क्षति भएको क्षेत्रको विवरण विभागमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइसकेको समेत उहाँले बताउनुभयो । अहिले तटबन्धनका लागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उहाँको भनाइ छ । त्यो क्षेत्रमा तटबन्धन गर्न करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै सहायक नदीहरूमा पनि विभिन्न स्थानमा क्षति भएको छ ।

उहाँका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर, राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पु¥याएको छ । त्यस्तै बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ११, १२, १३ र १४ सहित दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पु¥याएको छ । जनताको तटबन्धनले राप्ती र बबई नदीमा तटबन्धन निर्माण गर्ने काम गर्छ ।(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद