पर्सा — भारतको बोधगया जान लागेको भारत(नेपाल मैत्री बसबाट अवैध रुपमा भारत लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको तामाको जलपयुक्त बुद्ध धर्मावलम्बीले प्रयोग गर्ने माला तथा सरसामान सशस्त्र प्रहरीले वीरगन्ज भन्सारलाई बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगन्जबाट प्रहरी निरीक्षक रवीन्द्र प्रसाद भट्टको कमाण्डमा खटिएको चेक प्वाइन्ट टोलीले बिहीबार उक्त बसबाट १३ लाख ७१ हजार रुपैयाँ बराबरका ती मालसामान बरामद गरेको थियो ।
बस काठमाडौंबाट बोधगया जान लागेको थियो । बरामद भएका वस्तुमध्ये २ वटा मूर्ति अध्यागमन विभागले हवाई मार्गबाट भारत लग्न अनुमति दिएकोमा भाडा कम लाग्ने भई स्थलमार्गबाट लैजान थालेको भनी कागजातसहित दाबी गर्न आएपछि सम्बन्धित व्यक्तिलाई मूर्ति फिर्ता गरिएको थियो ।
अन्य वस्तु भने कसैले दाबी नगरेपछि बेवारिशे अवस्थामा बरामद गरी सशस्त्र प्रहरीले शुक्रबार वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाएको थियो । यसअघि पनि नेपाल(भारत मैत्री संघ बसबाट पटक पटक लागूऔषध तथा तस्करीका अन्य जिन्सी वस्तु बरामद भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगन्जले ३ महिनाको अवधिमा २ करोड रुपैयाँ बराबरका भन्सार छलेका मालवस्तु बरामद गरिसकेको प्रनि भट्टले बताए ।सभार इकान्तिपुर