वीरगन्जमा छात्रासंग यौनजन्य दुव्र्यवहार गरेको आरोपमा एक नीजी विधालयका शिक्षक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित रहेको अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँलाइ प्रहरीले पक्राउ गरेको हो । एक छात्राले आफुग यौन दुव्र्यवहार गरेको गुनासो गरेपछि शिक्षक मियाँलाइ वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको हो ।
गत बुधबार कक्षा ६ मा अध्ययनरत छात्राले शिक्षक मियाँले विधालयमै आफुसंग आपत्तिजनक तरिकाले यौन दुव्र्यवहार गरेको कुरा आफना अभिभावकलाइ बताएकी थिइन् । त्यसपछि अभिभावकले उक्त घटना बारे प्रहरीलाइ खबर गरेका थिए । प्रहरीलाइ खबर गरिए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शिक्षक मियाँलाइ नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरिले जानकारी दिए ।
अभिभावकले दिएको उजुरीको आधारमा असोज ५ गते नै मियाँलाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई बाल यौन दुव्र्यवहार मुद्धामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडी बढाइएको गिरिले जानकारी दिए ।
© 2024