नेपालको संविधान २०७२ जारी भएको आज ६ वर्ष पूरा भएको छ । वि.स.२०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए । उक्त दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते नै संविधान दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा वीरगंज महानगरपालिका वडा २० का अध्यक्ष रामकिशोरसिंह (पराग)ले समाजिक संजाल मार्फत शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै वडा अध्यक्ष सिंहले भने यो सातौं संविधान दिवसको अवसरमा देशमा शांन्ति सुरक्षा कायम रहोस तथा जारी संविधानलाई सम्मान गर्न आग्रह गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस