Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रहरीको लाठी चार्ज मिटरब्याजी पीडितमाथि – ४५ जना कीर्तिपुरबाट नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २७,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएका ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मजदुर किसान संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित कम्तिमा ४५ जना पीडितलाई कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीविरुद्धको आन्दोलनमा उत्रिएकालाई कीर्तिपुर प्रहरीवृत्तमा राखिएको छ । आन्दोलनका क्रममा प्रहरीले पीडितलाई लाठी चार्ज, बुट प्रहार समेत गरेको थियो ।

चन्द्रागिरी( १५ तिनथानास्थित टहरामा बस्दै आएका मिटरब्याजी पीडितहरुको आन्दोलन रोक्न प्रहरीले सो स्थानमा घेरा हालेको थियो । आन्दोलनकारीहरु किर्तिपुर बजारबाट नाराजुलुस गर्दै पैदल माइतीघर मण्डलातर्फ आउँदै थिए । सो क्रममा उनीहरुलाई नयाँबजार गेट नजिकैबाट नियन्त्रणमा लिएको हो ।

मिटरब्याजीले दृष्टिबन्ध गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने, जाली तमसुक सबै च्यात्नु पर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजी पक्रेर जेल हाल्नु पर्ने पीडितको माग छ । संघर्ष समिति अध्यक्ष गुप्ताले माग पूरा नभएसम्म घर नफर्किने बताए ।

मिटरब्याजीको पीडा खप्नै नसकेर देशैभरीका पीडितहरु न्याय माग्न ४० दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना बसिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद