Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतीय नर्तकीसहित १४ पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ६,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वर्दिवास, भदौ ५ गते । कृष्ण अष्टमीकाबेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदुषण फैलाएको आरोपमा प्रहरीले भारतीय आरकेष्ट्रा समुहलाई नियंत्रणमा लिएको छ । प्रहरीले समूहका ९ नर्तकीसहित १२ जनालाई पक्राउ गरेको हो ।

गौशाला २ निगौलबाट ४ नर्तकी तथा ११ नम्बर लक्ष्मीनियाबाट ५ नर्तकी र उक्त समूहका ३ पुरुषलाई नियंत्रणमा लिएको गौशाला प्रहरीेले जनाएको छ । उनीहरु महोत्तरी प्रशासनको आदेशविपरित नेपाल भित्रिएको प्रहरीको आरोप छ ।

पक्राउ परेका दुवै आरकेष्ट्रा समुह भारत विहार सीतामढी जिल्लाका भएको प्रारंभिक छानवीनमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले कृष्ण अष्टमीको अवसरमा नाचगानका लागि भाडामा आएको प्रहरी सोधपुछका क्रममा बताएका छन् ।

आरकेष्ट्रा नियन्त्रण गर्न घटनास्थल पुगेको प्रहरी टोलीमाथि ढुङ्गामुढा र अवरोध गर्ने २ जना स्थानीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । अश्लील र उत्तेजक रुपमा प्रस्तुत हुने भारतीय नर्तकीकै कारण विगतका वर्षमा विभित्र आपराधिक घटना घटनुकासाथै स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलिसमेत चलाउनु परेको हुँदा प्रशासन कार्यालयले भदौ २ गते सार्वजनिक सूचना जारी गरी आर्केष्ट्रा निषेध गरेको थियो ।

प्रशासनको आदेश अटेर गर्दै भाडामा ल्याइएका आरकेष्ट्रा समुहले सांस्कृतिक प्रदुषण फैलाएको भनि स्थानीयले समेत विरोध गरेका थिए । नियन्त्रणका लागि ईलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रको कमाण्डमा शनिवार मध्यराति घटनास्थल पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले सम्झाइ बुझाई नृत्य नगर्न आग्रह गरिरहेकोबेला लक्ष्मीनियामा केही उच्छृङ्खल समुहले प्रहरीमाथि आक्रमणको प्रयास र प्रहरी चौकीमा ढुङ्गामुढा गरेपछि राति स्थिति तनावपूर्ण बनेको थियो । समुहको ढुङ्गामुढाबाट कान्तिवजार प्रहरी कार्यालय भवनमा भौतिक क्षति पुगेको छ । घटनास्थलबाट गौशाला ११ लक्ष्मीनियाका ४६ वर्षिय कमलेश कर्ण र ३० वर्षिय सन्जयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको गौशाला प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । दुवैमाथि अग्रिम कारवाहीका लागि आइतवार फाईलसहित प्रशासन कार्यालयमा पेस गरेको गौशाला प्रहरीले जनाएको छ । सभार गोखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ भाद्र ६,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ भाद्र ६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद