Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २५,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार २५ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उहाँको भनाइ छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ डलरबाट घटेर एक सय डलरको हाराहारीमा आइपुगेको छ । अमेरिकी डलर महँगिएपछि तेलको मूल्य घटेको हो । प्रवक्ता उपाध्यायले भन्नुभयो, “कच्चा तेल र प्रशोधित तेलको मूल्य घटेको छ । यही अनुपातमा घटिरह्यो भने नेपालमा पनि राहत हुने विश्वास लिएका छौंँ, आशावादी पनि छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा घटिरहेको कच्चा तेलको मूल्य सकारात्मक सङ्केत भएको निगमले जनाएको छ । १५ दिनसम्म निरन्तर गिरावट भइरहे निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्य पनि घट्नेछ । निगमले इन्डियन आयल कर्पोरेसन ९आईओसी०बाट १५ दिनमा मूल्यसूची पाउँछ । उपाध्यायले भन्नुभयो, “निरन्तर ओरालो लागे त्यसले निगम र उपभोक्तालाई राहत मिल्छ ।” हाल निगमलाई प्रतिलिटर पेट्रोलमा ३० रुपियाँ र डिजेलमा ३८ रुपियाँ घाटा छ । मासिक घाटा करिब नौ अर्ब रुपियाँ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ असार २५,शनिबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ असार २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद