पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा पक्राउ गरेको छ । तिन दिनको अन्तरमा पर्सा प्रहरीले ४ जना भारतीय नागरीकालाई ३६० किलो गाँजासहित पक्राउ गरेको छ । प्रहरीले विषेश सुचनाको आधारमा असार २३ गते २ सय ७० किलो लागूऔषध गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नं.११ घर भएका २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवा घर भएका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् । प्रहरीले विहीबार विहान साढे आठ बजे वीरगन्ज महानगरपालिका वडा नं २१ परवानीपुरबाट पक्राउ गरेको हो । उक्त बाटो हुँदै गाँजा ओसारपसार भइरहेको सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले युपी २१ ऐन ९९५७ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा उक्त ट्रकको फलसाइडमा लुकाएर राखेको अवस्थामा २ सय ७० किलो गाँजा फेला परेको थियो ।
यस्तै पर्सा प्रहरीले असार २१ गते राति ९० किलो गाँजा सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित कमलसागर गोपालपुर निस्फी घर भएका ३० वर्षीय रविकान्त भारती र बिहारको बेतीया जिल्ला पश्चिम चम्पारणस्थित डाकघर तेलुवा वडा नम्बर १० घर भएका २८ वर्षीय सुनिल भारती छन् ।
उनीहरूलाई प्रहरीले मंगलबार राति १० बजे वीरगन्ज महानगरपालिका वडा नं २८ बगही गेट नजिकबाट पक्राउ गरेको हो । उक्त बाटो हुँदै गाँजा ओसारपसार भइरहेको सूचनाका अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले युपी ७० बिके ९९५५ नम्बरको कारलाई रोकेर जाँच गर्दा उक्त कारको डिकी र सिटमुनि लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको थियो ।
पक्राउ परेका चार जनालाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले पत्रकार सम्मेलनगरी जानकारी दिए ।
© 2024