मलंगवा,सर्लाही मलंगवाका एक जना पिडितलाई बचाउन अभियान थालिएको छ । मलंगवा नगरपालिका वडा नम्बर ११ निवासी महेश साह कानुलाई बचाउन देशव्यापी अभियान थालिएको हो ।
पिडित साहको ढाडको नशा च्यापिएर बाया खुट्टा नचलेर जिवनयापनमा कठिनाई भएको छ । आर्थिक अवस्था एकदमै दयनिय रहेको पिडित साहले बताएका छन् ।
कानु समाज मलंगवाद्वारा चन्दा संकलन गरि काठमाडौं स्थित शाहिद मेमोरियल अस्पताल कलंकीमा शल्यक्रिया गराईएको पिडितले बताए ।
थप उपचारको लागि आमजनमानसमा सहयोगको साहले अपिल गरेका छन् । महालक्ष्मी बिकाश बैक, दरवार मार्ग, खाता नम्बर ०४२००७००२५१७४४०००००१ सक्दो सहयोग गर्न साहले अपिल गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस