काठमाडौं,२५चैत । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ टेलिकमबाहिरका पौडेललाई प्रवन्ध निर्देशक नियुक्त गरेको हो ।टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्न सूचना तथा प्रसारण मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।उता, टेलिकम कर्मचारीहरु भने संस्थाभित्रैबाट प्रबन्ध निर्देशक नियुक्त गर्न दबाब दिँदै आन्दोलनमा थिए ।
अर्याल नेतृत्वको समितिले पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडीको नाम सिफारिस गरे पनि पौडेलले उनीहरुलाई उछिनेका हुन् ।प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल पुसमा समाप्त भएसँगै तीन महिनादेखि टेलिकमको प्रवन्ध निर्देशक पद खाली थियो ।