Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण ३१,आईतवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारा जिल्लाको जितपुरस्थित प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उमेश निरौलाको कार्यशैलीलाई लिएर स्थानीय तथा व्यवसायीहरूले गम्भीर गुनासो गर्न थालेका छन्। प्रहरी चौकीको क्षेत्र हुँदै हुने अवैध मालसामानको ओसारपसारदेखि राजमार्गमा गुड्ने मालवाहक ट्रकसम्मबाट रकम असुली हुने गरेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्।
स्थानीयका अनुसार पर्सा–बारा सीमाक्षेत्र हुँदै जितपुरतर्फ भित्रिने तस्करीजन्य मालसामानबाट चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमार्फत नियमित रूपमा ‘महिनावारी’ रकम उठाउने गरिएको आरोप छ। रकम नदिने कारोबारी तथा मालवाहक सवारीसाधनलाई विभिन्न बहानामा दुःख दिने गरेको समेत गुनासो सुनिएको छ।
त्यस्तै, पूर्व–पश्चिम राजमार्गमै प्रहरी चौकी रहेकाले रातिको समयमा भारतबाट आउने मालवाहक ट्रक तथा वीरगञ्जका ट्रान्सपोर्टबाट खाद्यान्नलगायतका सामान बोकेर आवतजावत गर्ने सवारीसाधनबाट समेत रकम उठाउने गरिएको आरोप स्थानीयको छ। यस्तो रकम चौकी प्रमुखको निर्देशनमा उठाउने गरिएको दाबी स्रोतले गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
घरेलु मदिरा कारोबारीबाट समेत नियमित रकम?
सिमरा र अमलेखगञ्ज क्षेत्रमा उत्पादन हुने घरेलु मदिरा वीरगञ्जतर्फ ओसारपसार गर्ने कारोबारीबाट समेत जितपुर हुँदै आवतजावत गर्दा नियमित रकम असुल्ने गरिएको गुनासो बढेको छ।
स्थानीय स्रोतका अनुसार घरेलु मदिरा बोकेका सवारीसाधन तथा कारोबारीसँग रकमको लेनदेन हुने गरेको आरोप छ। रकम नदिए सवारीसाधन रोक्ने वा अनावश्यक दुःख दिने गरिएको उनीहरूको दाबी छ।
‘सामान्य काममा पनि पैसा मागिन्छ’
जितपुर प्रहरी चौकीमा सामान्य झैझगडा, उजुरी तथा मुद्दा–मामिलासम्बन्धी काम लिएर पुग्ने सेवाग्राहीले समेत आर्थिक लेनदेनबिना काम अघि नबढ्ने गरेको गुनासो गरेका छन्।
एक स्थानीयका अनुसार, “सामान्य विषय लिएर प्रहरी चौकी पुग्दा पनि पैसा माग्ने वातावरण बनेको छ। पैसा दिन नसक्ने सेवाग्राहीसँग राम्रो व्यवहार नगर्ने र उल्टै धाकधम्की दिने गरिएको गुनासो छ।”
प्रहरी नागरिकको सुरक्षा, कानुन कार्यान्वयन र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवार निकाय हो। प्रहरी चौकीकै नाम जोडेर नियमित रकम असुली, तस्करीजन्य गतिविधिमा संरक्षण तथा सेवाग्राहीसँग आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक हुनुले प्रहरी प्रशासनप्रतिको जनविश्वासमा समेत प्रश्न उठ्न सक्ने स्थानीयको भनाइ छ।
स्थानीयले वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलासहित चौकीमा कार्यरत प्रहरी कर्मचारीको कार्यशैलीबारे सम्बन्धित प्रहरी उच्च अधिकारीले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

सभार द मधेस टाइम बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८३ श्रावण ३१,आईतवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८३ श्रावण ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद