वीरगन्ज – एलाईड युथ सोसाइटी वीरगन्जको आयोजनामा आज माईस्थान मन्दिर परिसरमा निःशुल्क प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ८ सय जना सर्वसाधारण भक्तजनले प्रसाद ग्रहण गरेका छन्।
प्रसाद वितरणको क्रममा भक्तजनहरूले माताजीको आराधना गर्दै सामूहिक रूपमा धार्मिक वातावरणमा प्रसाद ग्रहण गरेका थिए। सो अवसरमा सोसाइटीका पदाधिकारीहरू तथा स्वयंसेवकहरूको उल्लेखनीय सक्रियता देखिएको थियो।
कार्यक्रमका अवसरमा सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झाले समस्त सहयोगी भक्तजन र समर्पित टोलीलाई धन्यवाद ज्ञापन गर्दै भनेस्
माताजीको दिव्य आशीर्वादले हाम्रो कार्यक्रम सुन्दर र व्यवस्थित रूपमा सम्पन्न भयो। यो कार्यक्रम सफल पार्न योगदान गर्ने सबैप्रति हामी कृतज्ञ छौं।
उनले थपे
समाजमा धार्मिक, सामाजिक र सांस्कृतिक चेतना फैलाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ।
कार्यक्रममा स्थानीय महिला, पुरुष, बालबालिका तथा वृद्धवृद्धाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता धार्मिक तथा सामाजिक गतिविधिहरूले समाजमा आपसी सद्भाव, एकता र धार्मिक चेतनालाई मजबुत बनाउने बताएका छन्।



