Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा – बारा औद्योगिक करिडोरमा विद्युतको अभाव

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
A A
file photo 
सांकेतिक तस्वीर

file photo सांकेतिक तस्वीर

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । चाडपर्वको मुखमा देशकै ठूलो औद्योगिक करिडोर पर्सा(बारा औद्योगिक करिडोरमा विद्युतको चरम अभाव सुरु भएको छ। दुई साताअघि नेपाल विद्युत प्राधिकरणको परवानीपुरस्थित भलुही सबस्टेशनमा भएको आगलागीपछि करिडोरका उद्योगले नियमित रुपमा विद्युत पाउन सकेका छैनन् ।

चाडपर्वमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री जस्ता वस्तुको पनि माग तुलनात्मक रुपमा वृद्धि हुन्छ । यस्तो अवस्थामा उद्योगले नियमित भन्दाबढी वस्तु उत्पादन गर्नुपर्छ। तर उद्योगको प्रमुख कच्चा पदार्थ मानिने विद्युत आपूर्तिनै आंशिक अवरोध भएको छ भने उपलब्ध विद्युत पनि गुणस्तरहीन छ । यस्तो अवस्थामा उद्योगीहरुलाई निर्वाध उद्योग सन्चालन गर्न समस्या भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम दुई साता यता उपलब्ध भएको विद्युत पनि दैनिक १० देखि १२ पटक सम्म ट्रिपिङ हुने समस्या रहेको गुनासो गर्छन् । ‘एक त विद्युत आपूर्तिनै कम छ, त्यसमाथि उपलब्ध भएको विद्युत पनि दैनिक १० देखि १२ पटकसम्म ट्रिपिङ भइरहेको छ,’ उनले भने, ‘ट्रिपिङको बीच पनि उपलब्ध विद्युत गुणस्तरिय छैन ।’

देशकै सर्वाधिक ठूलो करिब १ हजार उद्योग रहेको यो करिडोरको विद्युतको समस्या अविलम्ब समाधान नभए उद्योगी निर्वाध उद्योग सन्चालन गरेर केही लाभ गर्ने प्रमुख सिजनमै ठूलो घाटा व्यहोर्नु परेको उनले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले चाडपर्वमा खाद्यान्न, फलामजन्य वस्तु, पेन्ट आदि उत्पादन गर्ने उद्योगलाई बढी विद्युत आवश्यक परेको बेला करिडोरका उद्योगले आंशिक मात्र विद्युत पाइरहेको गुनासो गरे।

निर्यातमा आधारित उद्योगहरु डाबर नेपाल, त्रिवेणी सिनप्याक, शिवशक्ति केमोप्लाष्ट जस्ता ठूला उद्योगहरु डिजेलबाट सन्चालन भइ रहेको उनले बताए ।प्राधिकरणको ११ केभिए प्रशारण लाइनबाट संचालित उद्योगहरु बढी मारमा रहेको उनले बताए । लामो समय प्राधिकरणले यहाका उद्योगलाई विद्युत आपूर्ति गर्न नसकेको अवस्थामा यस अवधिको डिमाण्ड शुल्क पनि छुट हुनुपर्ने उनको माग छ ।

बारा(पर्सा ओैधोगिक करिडोरलाई सामान्यतया तीन सयदेखि पाँच सय मेगावाट विद्युत आवश्यक हुन्छ । तर हालका दिनहरुमा मागको आधा मात्र विद्युत पाएको उनले बताए । नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्र प्रमुख अवधेश दुबेले भलुही सबस्टेशनमा ब्रेकरमा आगो लागेर सबस्टेशनमै आगलागी भएपछि ११ केभिए प्रशारण लाइनमा हाल समस्या देखिएको बताए ।

उनले बिहीबार चार वटा फिडर चालु गरेर पनि यस क्षेत्रमा रहेको औद्योगिक क्षेत्रको विद्युतको समस्या केही हदसम्म समाधानको प्रयास गरिएको बताए । घरायसी क्षेत्रमा रहेको विद्युतको समस्या समाधान गर्न बिहीबारनै वीरगन्ज–प्रसौनी प्रशारण लाइनबाट विद्युत दिइएको उनले बताए । हाललाई ६६ र एक सय ३२ केभिए प्रशारण लाइनमा भने कुनै समस्या नरहेको उनले बताए ।शंकर आचार्य कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद