वीरगंज – ठगीको मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएकी एक नेपाली महिलालाई युएई ९ग्ब्भ्० बाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ परेकी महिला ऐश्वर्या दाहाल हुन्, जो हाल जनकपुरधाम उपमहानगरपालिका–१६ बसोबास गर्दै आएकी थिइन् र उनको स्थायी ठेगाना सिन्धुली, कमलामाई नगरपालिका–१४ हो।
प्रहरीका अनुसार, उनी ठगी मुद्दामा फरार थिइन् र उनलाई एनसीबी काठमाडौँ को अनुरोधमा इन्टरपोल महासचिवालय मार्फत चैत २१ गते रेड नोटिस जारी गरिएको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे का अनुसार, युएईमा पक्राउ गरेपछि बिहीबार नेपाल ल्याइएको हो। थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



