Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपाध्यक्षबाटै रुष्ट भए आफनै वडाका स्थानीयवासी , वडामा सडक निर्माण विवाद चर्कियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण ३०,शुक्रबार
A A
6
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

बारा — बारा जिल्लाको परवानीपुर गाउँपालिका – ५ बहुअरीमा २३ फिट चौडाइको सडक निर्माण विषयमा तीव्र विवाद उत्पन्न भएको छ । गाउँपालिकाको २०७९ साल माघ २० गते (२०७९–१०–२०) को कार्यपालिका बैठकले बहुअरीको मुख्य सडकमा २५ फिट नालासहित सडक निर्माण गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको थियो। तर, निर्णय भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् र आन्दोलनको तयारी थालेका छन्।

file photo

सर्वदलीय आन्दोलन समितिका अनुसार, केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका कारण सडक निर्माणमा अवरोध पुर्‍याउँदै आएका छन्, जसले कानुनी प्रक्रिया समेत जटिल बनाएको छ। समितिले २०८१ साल असार १७ गते बसेको दोस्रो बैठकमा उपाध्यक्ष सुगान्धि देवी कानुईनको संयोजकत्वमा, सदस्य चौकट महतो धानुक र जगदीश साह कानुको उपस्थिति रहेको बैठकले सो क्षेत्रभित्र पर्ने घर, टहरा र संरचना भत्काएर हटाउने निर्णय गरेको स्मरण गराएको छ।
समितिले (२०७९–३– १७ को निर्णय) अनुसार तत्काल सडकमा रहेका सबै अवरोध हटाई निर्माण कार्य सुरु गर्न माग गर्दै तीन बुँदे माग सार्वजनिक गरेको छ—

पालिकाद्वारा दिइएको किटानी जाहेरी तत्काल फिर्ता गरी सडकसम्बन्धी छलफल समितिसँग गर्न सर्वदलीय आन्दोलन समितिका सदस्य सुनील पटेलले जनकारी दिनुभयो ।यस्तै सर्वदलीय आन्दोलन समितिका अर्को सदस्य हरिओम पटेलले भने २०८१–३–१७ को निर्णयअनुसार २३ फिट चौडाइमा सडक निर्माण कार्यान्वयन गर्न माग रखेका छन् । उपभोक्ता समिति खुला सभा र बैठकमार्फत सडकसम्बन्धी सम्पूर्ण जानकारी लिखित रूपमा जनतालाई सार्वजनिक गर्न।
समितिले पालिकाले समस्या समाधानका लागि छलफल नगरी केही व्यक्तिलाई लक्षित गरी जाहेरी दिएकोप्रति घोर आपत्ति जनाएको छ। साथै, माग पूरा नभए आन्दोलनलाई चरणबद्ध रूपमा चर्काउने कडा चेतावनी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ श्रावण ३०,शुक्रबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ श्रावण ३०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद