Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठाकुरराम बहुमुखी क्याम्पसमा ‘टेक कन्क्लेभ’: बिआईटी सातौं सेमेस्टरका विद्यार्थीद्वारा १२ सफ्टवेयरको प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २३,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा। ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत बिआईटी (BIT) सातौं सेमेस्टरका विद्यार्थीहरूद्वारा पहिलोपटक आयोजना गरिएको ‘टेक कन्क्लेभ’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले १२ वटा फरक–फरक सफ्टवेयर परियोजना (Software Projects) निर्माण गरी प्रदर्शन गरेका थिए।

उक्त प्रदर्शनीमा सहभागी विद्यार्थीहरूका अनुसार, आफूहरूले पढेका सीप र ज्ञानलाई व्यवहारिक रूपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो। उनीहरूले तयार पारेका सफ्टवेयरहरू विभिन्न समस्या समाधानका लागि उपयोगी हुनेगरी निर्माण गरिएका थिए।

वर्तमान समयमा तराई क्षेत्रमा बढ्दो बेरोजगारीको चुनौतीलाई ध्यानमा राख्दै, सहभागी विद्यार्थीहरूले प्रविधिमार्फत रोजगारी सिर्जना र दक्षता विकासमा कस्तो भूमिका खेल्न सकिन्छ भन्ने विषयमा जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा क्याम्पसका शिक्षक आलोक चौरसियाले प्रविधि र टेक्नोलोजीसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भने,

“केवल शैक्षिक डिग्री हासिल गरेर मात्र पर्याप्त हुँदैन, विद्यार्थीहरूले आफैं सिर्जना गर्ने र प्रस्तुत गर्ने क्षमताले नै उनीहरूको भविष्य निर्धारण गर्छ। यस्तो प्रयासले उनीहरूलाई व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउँछ।”

सफ्टवेयर प्रदर्शनमार्फत सीप विकासको अभ्यास
बिआईटी विभागका निर्देशक संजय कुमार दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले स्वतः बिलिङ प्रणाली, स्कूल म्यानेजमेन्ट सिस्टम, ई-डेलिभरी एप्स, हेल्थकेयर एप्स लगायतका सफ्टवेयर परियोजनाहरू प्रदर्शन गरेका थिए। यसले विद्यार्थीहरूमा उद्यमशीलता र समस्या समाधान गर्ने क्षमताको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल टेलिकमका पुरन साह, क्वाल्टो सफ्टका निर्देशक संजय सक्सेना, वर्ल्डलिङ्गकी सुमेधा सर्राफ, डाइनामिक टेक्नोसफ्टका कृष्ण कुशवाहा, क्लासिकटेकका बृजेश प्रधान, तथा स्ववियु सभापति राजकुमार यादव विशेष अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी, क्याम्पसका शिक्षकहरू सन्तोष साह, बसन्त ओझा, श्याम गुप्ता, कौशल साह, आलोक चौरसिया, संजय सक्सेना, विश्वास साहलगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८२ श्रावण २३,शुक्रबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८२ श्रावण २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद