वीरगञ्ज — युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा पर्सा जिल्लाका चार स्थानीय संस्थाहरू — नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र र एन।जी।ओ। सि।सि।को सहकार्यमा “मेरो पानी मेरो बानी” अभियान सफलतापूर्वक सञ्चालन भैरहेको छ।
खानेपानी अभावको समस्याबाट पीडित समुदायलाई लक्षित गरी आज वीरगञ्ज महानगरपालिका वडा नं ११, श्रीपुरस्थित धागर टोलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ३० जना स्थानीय बासिन्दालाई एक(एक थान बाल्टिमा नल ९टुटी० जडान गरिएको सेट, एक थान जग र पानी सफा गर्ने केमिकल हस्तान्तरण गरिएको थियो।
तराई क्षेत्र, विशेषगरी मधेश प्रदेशका विभिन्न भागहरूमा पानीको अभाव गहिरिँदै गएको अवस्थामा यो कार्यक्रमलाई सकारात्मक पहलको रूपमा लिइएको छ।
जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले भने, “अहिले हामी अत्यधिक प्रभावित क्षेत्रमा ६ सय थान यस्ता सामग्रीहरू वितरण गर्न लागेका छौं र आगामी दिनहरूमा पनि थप वितरणको योजना रहेको छ। यस खडेरी समस्या समाधानका लागि दीर्घकालीन उपायहरू खोज्नु अपरिहार्य छ।”
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्व रहेको थियो। साथै, नन्दनी गुप्ता, प्रिया कुश्वाहा र एन।जी।ओ। सि।सि।का प्रतिनिधि दुलारचन प्रसाद र आनंद यादवले समेत सक्रिय सहभागिता जनाएका थिए।
आयोजक संस्थाका अनुसार, स्थानीय समुदायमा पानीको पहुँच सुनिश्चित गर्दै जल स्रोतको प्रभावकारी व्यवस्थापनमा नागरिक सचेत गराउने उद्देश्यले ‘मेरो पानी मेरो बानी’ अभियान सञ्चालन गरिएको छ।



