पर्सा – सामाजिक उत्तरदायित्व अन्तर्गत उपकार सेवा नेपालले बिरगंज महानगरपालिका–७, कुम्हालटोल निवासी ५३ वर्षीय सुरज श्रेष्ठलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।
श्री श्रेष्ठ लामो समयदेखि रोगले थलिँदै गइरहेका छन्। चिकित्सकीय कारणले खुट्टा काट्नुपर्ने अवस्था आएको, शरीर निकै कमजोर भई अपाङ्गता स्थिति पुगेको तथा आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जानकारी प्राप्त भएपछि संस्थाले दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू प्रदान गरेको हो।
सहयोगस्वरूप एक बोरा चामल ९३० किलो०, दाल, नून, आलु, प्याज, चिउरा, स्वाबिन, खाने तेल लगायतका आवश्यक सामग्रीहरू उहाँकै निवासमा पुगेर हस्तान्तरण गरिएको उपकार सेवा नेपालले जनाएको छ।
सहयोग कार्यक्रमको नेतृत्व संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले गर्नुभएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव एवं समाजसेवी श्रवण बहादुर रायमाझी, तथा रितेश गुप्ताको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दा तथा सहभागीहरूले संस्थाको यो मानवीय सहयोगप्रति प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।
उपकार सेवा नेपालले आगामी दिनहरूमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



