Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज पब्लिक कलेजमा बीआईटी कक्षा सञ्चालन, मोफसलमै उच्चस्तरीय आईटी शिक्षा सुरू

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण १२,सोमबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – वीरगन्ज पब्लिक कलेजले आगामी शैक्षिक सत्र २०८२ देखि ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। कलेजले सोमबार पत्रकार समेलनको आयोजना गरी यसबारे औपचारिक जानकारी गराएको हो।

कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठका अनुसार, २०५७ सालमा स्थापित कलेजले हाल प्लस टु, BBA, BIM, BBS, MBA, MBS, ACCA , ब्ऋऋब् जस्ता कार्यक्रमहरू सफलता साथ सञ्चालन गर्दै आएको छ। प्रविधिमा तीव्र रूपमा भइरहेको विकासलाई ध्यानमा राख्दै कलेजले युगसापेक्ष गुणस्तरीय सूचना प्रविधि शिक्षा दिने उद्देश्यले बीआईटी कार्यक्रम सुरु गर्न लागेको हो।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले कम आर्थिक अवस्था भएका तर अध्ययनमा इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो। उहाँले यस वर्षको सत्रबाट बीआईटी कक्षामा ४८ जना विद्यार्थी भर्ना गर्न सकिने बताए।

बीआईटी कार्यक्रम सञ्चालनको संयोजनकर्ता इन्जिनियर जयकिशन कुमार सहनीले कलेजले एकै पटक ४८ जना विद्यार्थीलाई प्रयोगशालामा सिकाउन सक्ने पूर्वाधार तयार गरेको जानकारी दिए। कलेजमा अहिले कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोपोसेसर ल्याब, र आइटीओ ल्याब जस्ता आधुनिक ल्याबहरूको पूर्ण व्यवस्था गरिएको छ।

कार्यक्रममा क्याम्पस को–अर्डिनेटर डा. बासु कर्ण पनि सहभागी हुनुहुन्थ्यो। बीआईटी को सम्पूर्ण कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन गरिनेछ।

चार वर्षको अवधि रहने बीआईटी कार्यक्रममा कुल ८ वटा सेमेस्टर हुनेछन्। कलेजले हरेक विद्यार्थीलाई पाठ्यक्रमअनुसार पुस्तकालयबाट आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

कलेजले दिएको जानकारीअनुसार, हाल प्रविधिमैत्री शिक्षा प्रणालीप्रति विद्यार्थीहरूको आकर्षण तीव्र रूपमा बढिरहेको छ। यसले गर्दा वीरगन्ज तथा पर्सा जिल्लाका विद्यार्थीहरूलाई काठमाडौँ वा विदेश जानुपर्ने बाध्यता हट्ने विश्वास कलेजले लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८२ श्रावण १२,सोमबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८२ श्रावण १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद