Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २९,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्जको आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती आइतवार विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ वीरगञ्ज बसपार्कमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेर गरिएको थियो। त्यसपछि वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण तथा कवि गोष्ठी आयोजना गरिएनको थियो।

कार्यक्रम नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा विशिष्ट अतिथिका रूपमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि मेयर सिंहले भानुभक्त आचार्यलाई नेपाली भाषाको शिल्पी मात्र नभई नेपाली पहिचानको मेरुदण्डको रूपमा स्मरण गर्दै भने, “आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झन र यसलाई अझ सशक्त बनाउन वीरगञ्जमा यस्ता कार्यक्रमहरूको आयोजना हुनु सकारात्मक सांस्कृतिक संकेत हो रहेको बताए ।”

कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरियो। यस्तै, साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई दोसल्ला, प्रशंसा पत्रसहित रु १२,५०० नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा सुर्यानारायण विकले स्वागत मन्तव्य राखेका थिए भने संचालन गीता भण्डारीले गरेकी थिइन्।

सांस्कृतिक प्रस्तुतिमा गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन तथा कविता वाचनमार्फत अतिथिहरूको स्वागत गरेका थिए ।

वाचन तथा प्रस्तुतिमा आधारित प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी क्रिस्टिना कर्ण पहिलो, नारायण माझी दोस्रो र नवदिप एकेडेमीका अरुण यादव तेस्रो भएका थिए।

कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारकर्मी, साहित्यप्रेमी, समाजसेवी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८२ असार २९,आईतवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८२ असार २९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद