Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २५,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — नेपाली कांग्रेसले पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले गुप्तालाई पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरेको हो।

२०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीद्वारा समर्थन प्राप्त उम्मेदवारलाई गुप्ताले असहयोग गरेको आरोपमा परेको उजुरीका आधारमा सो निर्णय गरिएको हो। समितिको असार १७ गतेको बैठकले उपलब्ध प्रमाणको अध्ययन गरी निर्णय गरेको जनाइएको छ।
समितिले गुप्तासँग मागिएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले उनलाई १ वर्षका लागि पार्टी सदस्यताबाट निष्काशन गर्ने निर्णय गरिएको हो। सो कुरा समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाले मधेस प्रदेश समितिलाई बुधबार पठाएको पत्रमार्फत जानकारी गराएका छन्।

ढुंगानाका अनुसार, नेपाली कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा १ (क), (ख), (घ) तथा उपधारा ८ (ङ) बमोजिम कारबाही गरिएको हो।
वीरगन्ज महानगरपालिका–१२ का स्थायी बासिन्दा गुप्ता, कांग्रेसभित्र वरिष्ठ नेता डा। शेखर कोइरालाको नजिकको नेताका रूपमा चिनिन्छन्। उनीमाथि गरिएको कारबाहीले मधेस प्रदेशको कांग्रेस राजनीतिमा नयाँ तरंग उत्पन्न गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८२ असार २५,बुधबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८२ असार २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद