Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जको नगवामा जनमत पार्टीको संगठन सुदृढ, दुई सामाजिक युवा पार्टीमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ५,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – संगठन विस्तार अभियान अन्तर्गत जनमत पार्टीले युवाहरूलाई आकर्षित गर्ने नीतिमा उल्लेखनीय सफलता पाइरहेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ (नगवा) का दुई सक्रिय युवाहरूको प्रवेशले उक्त नीति प्रभावकारी भएको संकेत गरेको छ।

किरण चौरसिया र अनिल यादव, जो नगवा युवा समाजका पूर्व अध्यक्ष तथा सामाजिक गतिविधिमा सक्रिय व्यक्तित्व हुन्, उनीहरूले शुक्रबार एक कार्यक्रमका बीच जनमत पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका हुन्।

उनीहरूलाई पार्टी सदस्यता मधेश प्रदेशका मुख्यमन्त्री एवं जनमत नेता सतिशकुमार सिंहले प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले उक्त प्रवेशलाई स्वागत गर्दै वडा नम्बर १६ मा पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरे। “सचेत र ऊर्जावान युवाहरू निरन्तर जनमतमा प्रवेश गरिरहनु भएको छ,” उनले भने, “उहाँहरूको आगमनले संगठनमा नयाँ उर्जा थपिनेछ।”

जनमत पार्टीले युवालाई प्राथमिकता दिँदै देशव्यापी संगठन विस्तारमा जोड दिइरहेको छ। पार्टीका अनुसार नयाँ सोच, उर्जा र सामाजिक सेवामा अग्रसर युवालाई संगठित गरी परिवर्तनको अभियानलाई संस्थागत गर्न खोजिएको हो।

पार्टीले स्थानीय तहमा युवा भेला, तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै जनस्तरसम्म आफ्नो पहुँच विस्तार गरिरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ असार ५,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ असार ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद