Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पाल्पाको पूर्वखोलामा बोलेरो जीप दुर्घटना: दुईको मृत्यु, चालक गम्भीर घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ३,मंगलवार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा, पूर्वखोला – पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो जीप झन्डै ३ सय मिटर तल खसेको थियो।

मृतकमध्ये एक ४६ वर्षीय विनोद ढुंगाना रहेको पुष्टि भएको छ। ढुंगाना बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धारा गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११, मझुवामा बस्दै आएका थिए। अर्का मृतकको पहिचान खुलेको छैन तर उनी अन्दाजी ४५ वर्षका पुरुष भएको प्रहरीको भनाइ छ।

ढुंगानाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा र अर्को व्यक्तिको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा चालक राजु खड्का (३०), बुटवल उपमहानगरपालिका–११ गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पूर्वखोला र प्रहरी चौकी ताँहुबाट प्रहरी टोली खटिएको थियो। स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको हो।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ असार ३,मंगलवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ असार ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद