प्रसौनी
बाराको परवानीपुर गाउँपालिकामा हावाहुरीले आँपको रुख भाँचिएर किच्दा एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका १ बस्ने बर्षिया रम्भा देबी धानुकको मृत्यु भएको हो ।
साँझ आएको हावाहुरीले आँपको रूख भाँचिएर उनलाई किचेको प्रहरीले जानकारी दिएको छ ।
हावाहुरी आउँदै गर्दा उनी खेतमा बाख्रा लिन गएकी थिईन् । रहरीयाडिह हेल्थ पोष्टको पछाडी रहेको आँपको रुख भाँचिएर उनको ढाड र हातमा चोट लागेको थियो ।
घाइते अवस्थामा धानुकलाई परवानीपुर गा.पा ५ मा रहेको एल.एस न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मुत्यु भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी प्रमुख प्रहरी नरिक्षिक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस



