Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

रासायनिक मल अभाव किन भइरहन्छ ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — रासायनिक मल किन्न भनेर सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ । कृषि बाली उत्पादनमा मुख्य भूमिका खेल्ने रासायनिक मल किन्न विनियोजित रकम कृषि बजेटको झन्डै ५० प्रतिशत हो । गत वर्ष पनि मल किन्न ३० अर्ब रुपैयाँ छुट्याइएको थियो ।

यतिका रकम विनियोजन गरिरहे पनि बर्सेनि मल अभाव भइरहन्छ । किन यस्तो हुन्छ रु किसानले किन समयमै मल पाउन्नन् रु जानकार भन्छन्– ‘सरकारको नीति र मल आयात तथा व्यवस्थापनको जिम्मा पाएको कृषि सामग्री कम्पनीको कमजोरीले यस्तो समस्या भएको हो ।’

कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीको गोदाम रित्तै भएको पनि होइन । यी दुवै कम्पनीको गोदाममा पर्याप्त मल छ । साल्ट ट्रेडिङसँग डीएपी करिब १७ हजार टन, युरिया करिब ६० हजार टन छ । साल्टसँग डीएपी १० हजार ७ सय ६५ टन, युरिया ११ हजार ९ सय ८० टन र पोटास ५ हजार ६ सय टन छ । तर तराई क्षेत्रमा गहुँ बालीका लागि डीएपी अभाव छ । वर्षमा तीन बाली लगाउँदा वार्षिक करिब १२ लाख टन आवश्यक पर्ने कृषि मन्त्रालयले जनाएको छ । धान बालीका लागि ४ लाख ४८ हजार ६७ टन, मकैका लागि ३ लाख ११ हजार ६ सय ८६ टन र गहुँका लागि १ लाख ५५ हजार ७ सय ३६ टन मल चाहिन्छ ।

धानबालीमा लगाउन मल पुगे पनि गहुँ बालीका लागि हाहाकार भएको किसान बताउँछन् । ‘अहिले मल अभाव हुनुका मुख्य दुई कारण छन् । पहिलो, अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ र दोस्रो, कृषि सामग्री कम्पनीले समयमै मल आयात नगर्नु हो,’ मन्त्रालयका एक अधिकारीले भने । निर्देशिकाअनुसार प्रदेश समितिले प्रत्येक वर्षको असार १५ भित्र प्रदेशभित्रका पालिकाका लागि मलको कोटा तोक्छ । नगरपालिकारगाउँपालिकाले कोटा वितरण गर्छन् । र, साल्ट र कृषि कम्पनीले मल सहकारीलाई दिन्छ ।

‘जहाँ किसान र माग पनि धेरै छ, त्यहाँ कोटा निर्धारण थोरै भएको छ । थोरै चाहिने ठाउँमा बढी कोटा तोकिएको छ । त्यही कारण पहाडी क्षेत्रमा रासायनिक मल मौज्दात रहन्छ तर तराईमा अभाव हुन्छ,’ ती अधिकारीले भने । पहुँचको भरमा आवश्यक नभएको ठाउँमा पनि बढी कोटा तोक्ने गरिएको उनको भनाइ छ ।

‘पछिल्लो समय कृषि कम्पनीले समयमै ५० हजार टन डीएपी ल्याउन सकेन । गहुँलाई चाहिने डीएपी नआउँदा पनि अभाव देखियो,’ ती अधिकारीले भने, ‘भारतीय कम्पनी आईपीएलले ५० हजार टन डीएपी आयात गरिदिएन । सन इन्टरनेसनललाई ३० हजार टन युरिया ल्याइदिएन । ८० हजार टन मल नआउँदा पनि बजारमा समस्या देखिएको हो ।’ कृषिले चालु आर्थिक वर्षका लागि १ लाख ५० हजार टन डीएपी र १ लाख ५० हजार टन युरिया ल्याउन ग्लोबल टेन्डर गरेको छ । यसमध्ये ५० हजार टन डीएपी र ३० हजार टन युरियाका लागि तीन पटक रि–टेन्डर गर्नुपरेको थियो ।

कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्य घिमिरेले भने मल अभावबारे आफूलाई जानकारी नभएको बताए । ‘मल अभाव भइरहेको सन्दर्भमा कुनै जिल्लाबाट सूचना आएको छैन । तथ्यांक नहेरी केही भन्न सकिन्न,’ उनले भने । साल्ट ट्रेडिङका सहमहाप्रबन्धक कुमार राजभण्डारीले मलको आपूर्ति व्यवस्था सहज बनाउन कार्यविधि संशोधन गर्नु पर्ने बताए ।

त्यसमाथि युरिया निर्यातमा रोक लगाएको चीनले पछिल्लो समय डीएपी निर्यात पनि रोकेको जानकार बताउँछन् । यसले आपूर्तिमा थप समस्या पार्न सक्ने उनीहरूको भनाइ छ । सरकारसँग करिब डेढ लाख टन मौज्दात रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले दाबी गरे । कोटा प्रणालीले नै केही समस्या देखिएको र कार्यविधि संशोधनको अन्तिम तयारी भएको उनले प्रस्ट्याए । सभार कान्तिपुर , राजु चौधरी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद