Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार ठगी गर्ने दुईजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १२,बुधबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, मङ्सिर ११ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु १७ लाख ४५ हजार रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका–५ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

यसैगरी पक्राउ परेकामध्ये बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै रु १५ लाख तथा मनिषाले एकजनालाई दुवई पठाउने भन्दै रु दुई लाख ४५ हजार रकम लिएको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

दुवै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद