वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ हरपुरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रगत दान गरेका छन् । नगरपालिकाको समन्वयमा नासा युवा क्लब टिकुलीयाले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिलासहित ३७ जनाले रगत दान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा रिया कुमारी,कृष्ण महरा,राम अवधेश सहनी,भुनेश्वर प्रसाद यादव,निरन्जन साह तेली ,राम आशिष सहनी,जसवन्त पञ्जियार,विशाल पञ्जियार,खेमराज महतो,आनन्द पञ्जियार लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी दिए।
पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा उपमेयर पुजा चौधरी, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल, दिनानाथ रौनियार, वडाध्यक्ष शंकर राजभर ,नासा युवा क्लबका अध्यक्ष सोनालाल राय लगायतकोपनि उपस्थिती थियो ।



