Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

व्रतालुलाई छठका पूजन सामग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक १९,सोमबार
A A
4
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, १९ कात्तिक ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लोकआस्थाको छठ पर्व साँस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको भन्दै सूर्योपासना सृष्टि पूजनसँगै जीवन दर्शन भएको बताएका छन् ।

धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा सोमबार आयोजित छठका विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा मुख्यमन्त्री सिँहले जीवनलाई आधार दिने विशाल, उर्वर, समथर र सिँचित भूभाग तथा सूर्य किरणबाट सिर्जित कृषि प्रणाली, शुद्धता र पवित्रतायुक्त लोकव्यवहार, धनीगरीब, उँचनिचलगायत सबै खाले भेदभावविरुद्ध समभाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्त्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको औंल्याए ।
उनले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजासामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकोमा आयोजक संस्थाको सराहना समेत गरे ।

’व्यक्ति आफूमा निहित अहंकार र अस्पृश्यताको भाव पखाल्न माग्ने भाकल पुरा गर्ने पर्व पनि हो यो । अर्थात् सरलता र सादगीका साथ जीवनयापन गर्ने संकल्प लिने अवसर पनि,’ मुख्यमन्त्री सिँहले भने ।

जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जनकपुरधामको छठ पर्वको मौलिक र विशिष्ठ रहेको भन्दै यसलाई थप आकर्षक बनाउन विभिन्न पर्वतिहारलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइप्रति सचेतना आवश्यक रहेको बताए ।
‘प्रदेश सरकारसँग समन्वय गरेर हामीले जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने भएका छौँ । यसले जनकपुरधामलाई सफा बनाउने सन्दर्भमा आशातीत सुधार हुनेछ,’ मेयर साहले भने ।

जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साहले छठ पर्वको सनातन महत्त्वबारे चर्चा गर्दै पछिल्ला दिनमा यसको विस्तार भइरहेको बताए ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सय जना छठका व्रतालु महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ कार्तिक १९,सोमबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ कार्तिक १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद