काठमाडौँ, कात्तिक ७ गते । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा परीक्षणका लागि पेट्रोल ल्याएको हो । निगमले अब मल्टी प्रोडक्ट पाइप लाइनमार्फत डिजेल पेट्रोल र मटितेल ल्याउन लागेको हो । नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले पहिलो चरणमा परीक्षणका लागि पाँच हजार पाँच सय किलोलिटर पेट्रोल ल्याएको जनाएको छ । परीक्षणको क्रममा पहिलो पटक असोज १८ गते पेट्रोल नेपाल आइपुगेको छ ।
हाल बरौनीबाट ट्याङ्करमार्फत अमलेखगन्जसम्म पेट्रोल ल्याउने गरेको अब पाइप लाइनबाट आयात हुने छ । निगम अमलेखगन्ज कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट पेट्रोल आयात गरी परीक्षण गरिरहेको जानकारी दिनुभयो । परीक्षण सकेर एक महिनापछि नियमित रूपमा पेट्रोल ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
हाल पाइप लाइनबाट डिजेल मात्र आयात गरिएकोमा अब पेट्रोल पनि नियमित रूपमा ल्याउन सुरुवात गरिएको कार्यालयले जनाएको छ । पाइप लाइनबाट डिजेल ल्याएपछि बिचमा पाइप लाइन कम्प्याट्रियल केरोसेन ९पिसिके० मिसाएर पेट्रोल ल्याइने छ । पिसिके उच्च गुणस्तरको इन्धन भएकाले डिजेल पेट्रोल दुवैमा मिसाउन मिल्ने निगमले जनाएको छ । पेट्रोल र डिजेल पाइप लाइनमार्फत ल्याउँदा बिचमा पिसिके मिसाएर आयात गरिने अमलेखगन्ज कार्यालयले जनाएको छ ।
पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटरमा एक रुपियाँ ५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ । हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्करबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँच देखि छ करोड रुपियाँ र वार्षिक रूपमा ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।
हाल ट्याङ्करबाट तेल ल्याउँदा ढुवानी रकम खर्च हुने गरेको छ । पाइप लाइनबाट दैनिक छ हजार किलोलिटरदेखि छ हजार पाँच सय किलोलिटर इन्धन ढुवानी गर्ने क्षमता रहेको छ । पाइप लाइनबाट आवश्यकता अनुसार पेट्रोल ल्याउन सकिने निगमले जनाएको छ । हाल अमलेखगन्ज कार्यालयबाट हाल दैनिक चार सयदेखि छ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको छ । हाल मुलुकभर दैनिक दुई हजार हजार किलोलिटर ९बिस लाख लिटर० पेट्रोल खपत भइरहेकोमा पाइप लाइनबाट ७० प्रतिशत आयात गर्ने लक्ष्य राखिएको छ ।
हाल दैनिक मुलुकभर पाँच हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा ७० प्रतिशत डिजेल पाइप लाइनबाट आयात भइरहेको निगमले जनाएको छ । पाइप लाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटरमा एक रुपियाँ ५० पैसा ढुवानी रकम बचत हुने गरेकोमा वार्षिक डेढ अर्ब ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।
पाइप लाइनबाट ल्याएको पेट्रोल निगमको अमलेखगन्ज कार्यालयमा भण्डारण गरिन्छ । इन्डियन आयल कर्पोरेसन ९आइओसी० को सहयोगमा अमलेखगन्जमा आठ हजार दुई सय किलोलिटर क्षमताको पेट्रोलको भण्डारगृह तयार भएको छ । सोही भण्डारगृहमा जम्मा भएको पेट्रोल अमलेखगन्ज कार्यालयबाट थानकोट, विराटनगर, भैरहवा, पोखरामा पेट्रोल वितरण गर्ने निगमको योजना रहेको छ । निगमले आफ्नै स्रोतबाट निर्माण गरेको १० हजार किलोलिटर क्षमताको भण्डारणगृह निर्माण अन्तिम चरणमा पुगेको छ ।
अमलेखगन्ज कार्यालयमा अब पेट्रोल भण्डारण क्षमता १६ हजार किलोलिटर र डिजेल २४ हजार किलोलिटर भण्डारण क्षमता पुगेको निगमले जनाएको छ । पेट्रोलियम पाइप लाइन परियोजनाको दोस्रो चरणको काम अनुसार डिजेलरपेट्रोलको नयाँ भण्डारणगृह निर्माण भएको हो ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन ९आइओसी० को संयुक्त लगानीमा पहिलो चरणको अन्तरदेशीय पहिलो पेट्रोलियम पाइप लाइन मोतीहारी–अमलेखगन्ज, रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना २०७५ सालमा सम्पन्न भई २०७६ भदौदेखि नियमित रूपमा डिजेल आयात भइरहेको छ ।
पाइप लाइनबाट पेट्रोल ल्याउँदा समयमै इन्धन आपूर्ति, ढुवानी लागत बचत हुनुका साथै वातावरण प्रदूषण पनि कम हुन्छ । यसअघि ट्याङ्करबाट पेट्रोल ढुवानी गर्दा लामो समय लाग्ने हुँदा समय र ढुवानी खर्च लाग्ने गरेको थियो । सभार गोखापत्रबाट लक्ष्मी सापकोटाले लेखनुभएको छ ।



