Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्लाही र रौतहट जिल्ला जोड्ने निर्माणाधीन पुलको पिलर र स्लेभ बगाउँदा करोडौँको क्षति

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । सर्लाही र रौतहट जिल्ला जोड्ने हुलाकी राजमार्गस्थित बागमती नदीमा निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुलको पिलर र स्लेभ बाढीले बगाएपछि करोडौँको क्षति भएको छ ।

असोज १२ गते बागमती नदिमा आएको भीषण बाढीले सो पुलको पश्चिम भागको १५ नम्बरको पिलर तथा ५० मिटरको स्लेभ भत्काएपछि यसै वर्षको चैत्रमा सरकारद्वारा उद्घाटन गर्ने तयारी रहेकोमा अब निर्धारित समयमा सो पुलको उद्घाटन नहुने भएको छ । रौतहट जिल्लाको गंगापिपरा तथा सर्लाही जिल्लाको गडहीया डुमरीया घाटलाई जोड्ने सो पुलमा क्षति भएपछि स्थानीयबासी निराश बनेका छन् ।

नेपाल सरकारको ८६ करोडको लागतमा बनेको सो पुलको निर्माणको अन्तिम चरणमा पुगेको वेलामा पिलर तथा स्लेभ नै भत्काएपछि रौतहट जिल्लाको निक्कै पुरानो बजारको रुपमा रहेको पिपरा बजारको विकासमा ठूलो अवरोध पुगेको दुर्गाभगवती गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष धवेन्द्र कुमार झाले जानकारी दिनु भयो ।

बागमती पुल नभएकै कारणले मधेश प्रदेशका सबै भन्दा ठूलो मत्सरीमा रहेको ऐतिहासिक दुर्गा मन्दिरको पूजा तथा मेलामा आउने भक्तजनहरूको सङ्ख्यामा कमी आएको बताउनु भयो । वडाध्यक्ष झाले यो पुलको निर्माण भएपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्नका लागि निक्कै छोटो दूरी हुने भएकोले शीघ्र पुनः निर्माणको माग गर्नु भएको हो ।

बाढीका कारणले पुलको पश्चिम भागको पिलर नंं १५ र त्यसमाथिको ५० मिटरको स्लेभ बाढीले बगाउनुका साथै १६ नम्बरको पिलरमा क्षति पुगेर पुलमा ११ करोडको क्षति भएको पुल सेक्टर आयोजना कार्यालय धरानका आयोजना प्रमुख दरोगा प्रसादले जानकारी दिनु भएको हो ।

आर्थिक वर्ष २०७२–०७३ मा ठेक्का सम्झौता भएर २०७३ देखि निर्माण शुरु भएको पुलको लम्बाई ७ सय मिटर हुनुका साथै चौडाई ११ मिटरको रहेको बताउँदै योजना प्रमुख दरोगाले चैत्रमा उद्घाटन गर्ने शोचमा योजना कार्यालय भएपनि बाढीले ठूलो क्षति भएकाले फेरि पुनः निर्माणमा समय लाग्ने बताउनु भयो । नदिमा पानी घटेपछि पुनः निर्माणको प्रक्रिया शुरु हुने योजना कार्यालय धरानले जानकारी दिएको छ ।
सभार रेडियो नेपालबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद