Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा कातिक २ देखि ४ गतेसम्म महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन ३०,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जमा अगामी कातिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी आयोजना हुने भएको छ ।
नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” विषयक देशव्यापी फोटो प्रदर्शनी वीरगन्जमा हुन लागेको हो ।
बुधबार वीरगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर देशव्यापी फोटो प्रदर्शनी पहिलो चरणमा वीरगन्जको वीर्तास्थित त्रीजुद्ध मावि परिसरमा ३ दिनसम्म चल्ने आयोजक नेपाल पिक्चर लाइब्रेरीका प्रमुख संकलनकर्ता शिखर भटट्राईले जानकारी दिए ।
उनका अनुसार फोटो प्रदर्शनी कार्यक्रममा विभिन्न कार्यशाला, छलफल र सामुदायिक संवादहरू पनि आयोजना गरिने र फोटो प्रदर्शनीमा प्रवेश निशुल्क रहने छ ।
यस प्रदर्शनीको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु रहेको भन्दै आयोजकले यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्ने रहेको भटट्राईले बताए ।
साथै ग्रामीण र शहरी क्षेत्रका महिला इतिहासको अभिलेखलाई पहुँच योग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्ने पनि यसको उदेश्य रहेको नेपाल पिक्चर लाइब्रेरीका प्रमुख अनुसन्धानकर्ता दिवश राजा केसीले बताए । पहिलो चरण मै वीरगन्ज पछि जनकपुरमा कातिक ८ देखि १० गतेसम्म प्रदर्शनी गरिने उनले बताए ।
उनका अनुसार दोस्रो चरणमा बर्दिया र नेपालगन्जमा,तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पामा,चौथो चरणमा दाङ र रोल्पा,पाँचौं चरणमा इलाम र झापा,छैटौं चरणमा विराटनगर, धरान, र भोजपुर तथा सातौं चरणमा बुटवल, भरतपुर र हेटौंडामा फोटो प्रदर्शनी आयोजना गरिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ आश्विन ३०,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ आश्विन ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद