Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जकी सुमनालाई समाजिक संजालमा भएको चिनजानले बनायो ‘घर न घाटको’

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१जेष्ठः टिकटक मार्फत भएको चिनजानले २२ बर्षिया सुमना ( परिवर्तित नाम) लाई अहिले घर न घाटको बनाएको छ ।

वैदेशीक रोजगारीका क्रममा दुबईमा रहेका माधव पासवानसंग समाजिक संजाल टिकटक मार्फत चिनजान भई सुमनासंग प्रेम सम्बन्ध गाँसेका माधवले विहेको प्रलोभन दिएर शारिरिक सम्बन्धसमेत राखेपछि भने अर्कै युवतीसंग विहे गरेपछि अहिले सुमना घर ना घाटकी भएकी हुन् । माधवले अर्कै युवतीसंग विहे गरेपछि धोखा खाएकी सुमना अहिले आँफुलाई माधवले बलात्कार गरेको भन्दै उजुरी लिएर प्रहरीमा धाउन थालेकी छिन् ।

सुमनासंग कसरी भयो धोखा ।

सुमनाका अनुसार, दुबईमा रहेका पर्साको बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरीका माधव पासवानसंग दुई बर्षपहिले टिकटक मार्फत पर्साकै वीरगन्ज–१८ कि सुमनाको चिनजान भएको थियो । टिकटक मार्फत भएको चिनजानको सीमा ह्वाट्सअप र इमोमा कुराकानी गर्दै अझ नजिकैदै गयो । नेपाल फर्किए लगत्तै सुमनासंग विहे गर्ने आश्वासनपनि दिएका थिए माधवले ।

गत बैशाख १३ गते माधव दुबईबाट गाँउ फर्किए ।भोलिपल्ट १४ गते माधवले सुमनालाई फोन गरेर गाँउ नजिकको नहरमा बोलाएर भेटेपनि । त्यसको चारदिनपछि बैशाख १८ गते माधवले सुमनालाई फेरि फोन गरेर गाँउको मठ निर बोलाए । दुवैबिच भागेर विहे गर्ने कुरापनि भयो । माधवले साइकलमा चढाएर सुमनालाई बाराको नितनपुर र छातापिपराको बिचमा पर्ने मकैबारीमा लगे । शारिरिक सम्बन्धको प्रस्ताव राखे । तर सुमनाले विहेपछि मात्रै योसब हुन्छ भनेर जवाफ फर्काइन् । तरपनि माधवले मानेनन् । अनि माधवले जोरजबरस्ति उनिसंग शारिरिक सम्बन्ध राखेको सुमना बताउँछिन् ।उनि भन्छिन्,‘ जबरजस्ति मसंग शारिरिक सम्बन्ध राखेपछि म रुन थाले ।त्यसपछि माधवले आफनो केटा साथीलाई फोन गरेर बोलायो । उसको साथी मोटरसाइकलमा आएको थियो । मलाई मकैबारीमै छाडेर उनिहरु त्यहाँबाट भागे ।’

साँझ सम्म मकैबारीमै अलपत्र परेकी सुमनालाई नितनपुरका एक युवकले आफनो घरमा लगेर परिवारसंग त्यो रात राखे । भोलिपल्ट बिहान बैशाख १९ गते ती युवकले सुमनालाई वीरगन्ज बजारसम्म पुरयाएर छाडिदिए । त्यसपछि सुमना जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका शाखामा पुगीन् । आँफुसंग भएको घटनाको बेलिविस्तार लगाइन् प्रहरी सामु । तर घटनास्थल बारा जिल्लामा पर्ने भएकाले पर्साको प्रहरीले सुमनालाई बाराकै प्रहरी कार्यालयमा जान सुझायो ।

बैशाख २० गते माधवविरुद्ध बलात्कारको जाहेरी लिएर सुमना र उनका बुबा ईलाका प्रहरी कार्यालय सिमरामा पुगे । प्रहरीले उनिहरुको कुरा सुन्यो ।जाहेरी भने दर्ता गरेन । आरोपित माधवलाई झिकाउन मातहतको प्रहरी चौकीलाई पत्रमात्रै काट्यो । तर घर छाडेर फरार भएका माधव प्रहरीमा हाजिर भएनन् ।

समोबार छलफलका लागि दुवै पक्षलाई ईलाका प्रहरी कार्यालय सिमराले बोलाएकोमा आइतबारनै माधवले बाराको मधुवनकी एक युवतीसंग भारत रक्सौलको मन्दिरमा गएर विहे गरेको सुमनाका बुबा बताउँछन् । उनि भन्छन्,‘ सोमबार दुवै पक्षलाई बोलाएको थियो सिमराको प्रहरी कार्यालयमा । हामी प्रहरी कार्यालयमा गयौंं । तर केटा पक्षका कोहिपनि आएनन् । सोधिखोजी गर्र्दा त्यो केटाले मधुवनकी एक केटीसंग रक्सौलको मन्दिरमा गएर विहे गरिसकेको थाहा पायौं । विहे गरेर त्यो केटा भारतमै लुकेर बसेको खबर पाएका छौं ।’

सोमबार ईलाका प्रहरी कार्यालय सिमरामा पुग्दा प्रहरी नायब उपरीक्षक चिरञ्जिबी दाहालले अझै केहिदिन कुरौं नभए जाहेरी दर्ता गरौंला भनेर जवाफ दिएपछि आँफुहरु निराश भएर फर्किएको सुमनाका बुबाले मधेसखबरलाई बताए । उनले भने,‘ मेरो छोरीको जिवन बर्बाद पार्ने त्यो केटालाई पुलिसले जसरी होस् पक्रेर जेल हाल्नु पर्छ । छोरीले न्याय नपाएसम्म म लडिरहन्छु ।’

यता ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दाहालले भने आरोपित भनिएको माधव र उसका अभिभावकलाई प्रहरी कार्यालयमा हाजिर हुन पटक पटक ताकेता गरेपनि नआएपछि प्रहरीले आवश्यक कानूनी प्रकृया अगाडि बढाइसकेको बताए । पिडित भनिएकी युवतीको कलैया अस्पतालमा स्वास्थ्य परिक्षण गराइसकेको तर त्यसको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए । उनले भने,‘ जाहेरी आइसकेको छ । अब दर्ता हुन्छ । अस्पतालबाट मेडिकल टेष्टको रिपोर्ट आएपछि प्रहरीले आफनो प्रकृया अगाडि बढाउँछ ।’सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ जेष्ठ १,मंगलवार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ जेष्ठ १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद