Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा ट्राफिक प्रहरीलाई लाग्यो दशैं,सर्वसधारणलाई सास्ती

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । ट्राफिक प्रहरी अहिले ड्युटी भन्दा पनि पैसा असुल्नमा व्यस्त छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएका ट्राफिक प्रहरीहरु ड्युटी गर्नुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्नेतर्फ अग्रसर रहेको देखिन्छ । पर्साको सुख्खा बन्दरगाहदेखि पावरहाउस चोक, लक्षुमणवा चोक, कलैया वीरगंज सडक खण्डमा खटिएका ट्राफिक प्रहरी सवारी दुर्घटना न्यूनीकरण गर्न ड्युटीमा खट्नु भन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्ने मनसायले जथाभावी जुनसुकै ठाउँमा छड्के चेकिङ्ग गरेर पैसा असुल्ने काम गर्दै आएको सर्वसाधारणहरुको आरोप छ ।

शुक्रबार विहान जिल्ला प्रहरी कार्यलय सडक खण्डमा लगाइएको छड्के चेकिङ्गमा एक सर्वसधारणको कुरानै नबुझि मोटरसाइकलको कागजात नभएको भनि अवैध रुपमा पैसा असुल्ने लगे पछि पैसा नदिएको झोकमा रसिद काटेको मोस चालकाले आरोप लगाएका छन् । यसतै वीरगंजको सु्ख्खा बन्दरगाह स्थित ड्युटीमा खटेका ट्राफिक प्रहरीहरु भारतबाट मालसामान बोकेर आउने ट्रकहरुसँग कागजपत्रको नाममा पैसा असुल्नुको साथै कागजपत्र भएका ट्रकहरुसँग प्रति ट्रक १ सयदेखि १ सय ५० रुपैसासम्म असुल्ने गरेको बताइएको छ । त्यसैगरि वीरगंजबाट कुनैपनि सामान बोकेर जाने ट्याक्टरहरुसँग पनि पैसा असु्ल्ने गरेको बताइएको छ । त्यसैगरि पावरहाउस चोक स्थित खटेका ट्राफिक प्रहरीहरुले पनि आफ्नो ड्युटी भन्दा पनि चेकजाँचको नाममा मालबाहक ट्रकहरुसँग पैसा असुल्ने काम मात्रै गर्ने गरेको ट्रक चालकहरुको गुनासो छ । यसरी नै वीरगंजको रजतजयन्ती चोक स्थित खटेका ट्राफिक प्रहरी पनि चेकिङ्गको नाममा पैसा असुली कार्य मात्रै गर्ने गरेका छन् ।

भारतबाट आउने यात्रुहरुलाई रोकेर कागजपत्र चेकजाँचको नाममा प्रति मोटरसाइकल १ सयदेखि ३ सय रुपैयासम्म असुल्ने गरेका छन् । नेपाल भारत ओहरदोहर गर्नेहरुको संख्या हजारौं रहेकोमा नेपाली मोटरसाइकल भन्दा पनि भारतीय मोटरसाइकलहरुलाई रोकेर केही कागजात कम भएपछि उनीहरुसँग अवैध असुली गरेर छाड्ने गरेको बताइएको छ । यसैगरि लक्षमण्वा चोकमा कुनैपनि बेला ट्राफिक प्रहरी भेटिँदैन तर जब साँझ पर्छ तब त्यहाँ ट्राफिक प्रहरी चेकजाँचको बहानामा आफ्नो दुकान शुरु गरि हाल्छ ।
सधैं साँझ ७ बजेदेखि ९ बजेसम्म ट्राफिक प्रहरी ड्युटीमा भन्दा पनि पैसा असुल्नमा व्यस्त देखिन्छ । लाइसेन्स नभएका, कागजपत्र नबोकेका मोटरसाइकल चालकहरुसँग चिट काट्नुको सट्टा आधा पैसा कम लिएर विना चिट छाड्ने गरेको बताइएको छ । त्यसैगरि गण्डक चोक स्थित खटेका ट्राफिक प्रहरीले सामान बोकेको ट्याक्टर एवं ट्रकहरुसँग अवैध रुपमा पैसा असुल्ने काम गर्दै आएको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद