Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज नर्सिङ क्याम्पस प्रमुख भट्टराईलाई कारबाही गर्न नेविसंघको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २७,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२७ चैत । वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसका छात्राहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी क्याम्पस प्रमुख जमुना भट्टराईलाई कानुनी कारबाही गर्न नेविसंघले जिल्ला प्रसाशन कार्यालय पर्सासंग माग गरेकाेछ ।

साेमबार साँझ नेविसंघ पर्साका अध्यक्ष रमेश यादव सहितकाे टाेलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेललाई ज्ञापनपत्र बुझाउदै विधार्थीहरुलाई गालीगलौज गर्दै हातपात समेत गरेकी क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न माग गरेकाे हाे ।

क्याम्पस प्रमुख जमुना भट्टराईले आइतबार बेलुकी नर्सिङ क्याम्पसकाे नेविसंघ ईकाई सभापति सविना सुनार सहितका छात्राहरुलाई गालीगलौज र हातपात गरेकोले उनलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्ने नेविसंघकाे माग छ ।

क्याम्पस प्रमसख भट्टराईले क्याम्पस बाहिर निस्किन नदिएपछि इकाइ सभापति सुनारले हस्ताक्षर गरेकाे ज्ञापनपत्र आफुहरुले जिल्ला प्रशासन कार्यालयमा लगेर बुझाएकाे नेविसंघका जिल्ला सभापति यादवले बताए । उनले भने, अझैपनि क्याम्पस प्रमुखले नेविसंघ समर्थित छात्राहरुलाई धम्क्याएर क्याम्पस भित्रै राखेकी छन्, न्याय माग्न उनिहरु निस्किन खाेज्दा पनि निस्किन दिएकी छैनन् , हामीलाई पनि भित्र छिर्न दिएकी छैनन् ।

नेविसंघले बुझाएकाे ज्ञापनपत्रमा स्ववियु निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले गरेकाे गलत कृयाकलापकाे विराेध गर्दा उल्टै उनले नेविसंघ समर्थित छात्राहरुलाई आईतबार बेलुकी गाली गलाैज गर्दै हातपात गरेकाे र त्यसकाे भिडियाे सामाजिक सन्जालमा सार्वजनिक भइसकेकाे उल्लेख छ ।

सामाजिक सन्जालमा भाइरल भएकाे उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुदै क्याम्पस प्रमुख भट्टराइले छात्राहरुलाइ गमहला उठाएर हान्न खोजेको , केहि छात्रालाई हातले हिर्काएको , तथनाम गाली गलौज गरेको दृश्यहरु देखिन्छ ।

चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । त्यहि विषयलाई लिएर आइतबार राति क्याम्पस प्रमुख भट्टराइले नेविसंघ समर्थित छात्राहरुलाई गाली बेइज्जती गर्दै हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाई सभापति सविना सुनारकाे भनाई छ ।

सुनारका अनुसार , क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार बेलुकी क्याम्पस प्रमुख भट्टराइले जबरजस्ति तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राहरुले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफुहरुमाथि हातपात पनि गरेको सुनारले बताइन् ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पाैडेलले घटना बारे सत्यतथ्य छानबिन गरेर आवश्यक प्रकृया अगाडि बढाउने प्रतबद्धता जनाएकाे नेविसंघका जिल्ला सभापति यादवले जानकारी दिए ।

चैत ५ मा भएको स्ववियु निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेल भित्र छिरेर विधार्थीहरुलाई अनेक धाकधम्की दिएको नेविसंघ समर्थित विधार्थीहरुको आरोप छ ।

चैतमा ५ मा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका थिए ।

चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ इकाइ समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

त्यहि ताल्चा आइतबार राति बाहिरबाट पनि केहि मान्छे बोलाएर क्याम्पस प्रमुख भट्टराइले तोडेपछि त्यसको प्रतिवाद गर्दा आफुहरु माथि हातपात गर्नुका साथै गालीगलौज गरि दुर्यवहार गरिएको नेविसंघकी इकाइ सभापति सुनारकाे भनाइ छ ।

यता क्याम्पस प्रमुख भट्टराईले भने आइतबारराति आफुले विधार्थीहरुमाथि हातपात भने नगरेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘ यो कुनै ठूलो कुरा होइन , सम्झाउदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो , अत्ति नै भएपछि विधार्थीहरुलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ ।परिक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विधार्थीहरुले नमानेपछि स्थिती केहि असमान्य बन्न पुगेको उनले स्वीकारीन् ।

तर नेविसंघकी इकाइ सभापति सुनार भने आफुहरुले चैत ६ मा प्रशासनिक भवन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि परिक्षाकै कारण प्रशासनिक भवनको तालाबन्दी यसअघि नै खोलिदिएको र अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्रै तालाबन्दी जारी रहेको र यसले क्याम्पसको पठपाठन , अन्य सेवा र परिक्षा सन्चालनमा कुनै समस्या नभएको बताउँछिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद