Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संसदको कार्यव्यवस्था परामर्श समितिमा पर्साका सांसदद्वय यादव र चौरसिया मनोनित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।प्रतिनिधीसभा (संसद) को कार्यव्यवस्था परामर्श समितिमा पर्साका सांसदद्वय प्रदीप यादव र अजय चौरसिया मनोनित भएका छन् ।

प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा यादव र चौरसिया सहित १३ जना सांसदलाइ मनोनित गरेका हुन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् ।

समितिमा कांग्रेसका ६, एमालेका ५, माओवादी केन्द्रका २, जसपा सहित अन्य दल र स्वतन्त्रका १/१ जना सांसद छन्  । सभामुख, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य हुन्छन् ।

समितिमा यादव र चौरसियासंगै अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रूपा सोसी चौधरी, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई मनोनयन गरिएको हो ।

उक्त समिति प्रतिनिधी सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो । प्रतिनिधिसभा नियमावलीमै यसको व्यवस्था छ । सभामुख घिमिरेसहित दलका प्रतिनिधिहरूको बैठकले बुधबार समितिमा रहने संख्या निर्धारण गरेको थियो । सबै दल र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बनाइएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद