Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित–अध्यक्ष केपी ओली

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ः नेकपा एमालेका अध्यक्ष केपी ओलीले ,‘राष्ट्रिय गानमा रहेको सुरुको धुन हटाउनुपछ भने बताए । बुधबार वीरगन्जमा आयोजित अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘राष्ट्रिय गानमा रहेको सुरुको धुन हटाउनुपर्छ किनकि राष्ट्रय गान भनेको शब्दको धुनबाट सुरु हुनुपर्छ र शब्दकै धुनबाट अन्त्य हुनुपर्छ। तर हाम्रो राष्ट्रिय गानमा भने शब्द सुरु हुनुअगाडि धुन राखिएको छ। त्यो त्रुटिपूर्ण छ। त्यो धुन हटाएर सच्याउनुपर्छ। म सरकारसँग यो आग्रह गर्छु।’
त्यस्तै चलचित्र भवन (सिनेमा घर)मा चलचित्र सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान बजाइदा पर्दामा देखाइने राष्ट्रको पृष्ठभूमि (तस्बिर) संविधानको तस्बिर राख्न पनि ओलीले सरकारसँग आग्रह गरे।
एमाले अध्यक्ष ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि संघर्ष गरिरहेको बताए ।उनले सामाजिक कुरीति , विकृति हटाउनका लागि सामाजिक आन्दोलन चलाउन ओबिसि महासंघलाई सुझाव दिए । त्यसका लागि ओबिसि महासंघलाइ एमालेले भरपुर साथ र सहयोग गर्ने उनले बताए ।
एमालेले सरकारको नेतृत्व लिएका बेला तराई–मधेसमा विकासको लहर नै ल्याएको ओलीले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो दाबी गदैं भने एमाले नेतृत्व सरकारको साढे तीन वर्षकै कार्यकालमा तराई–मधेसमा बहुप्रतिक्षित हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, हरेक पालिकामा स्वास्थ्य संस्थाको भवन जस्ता राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण भएको जिकिर गरे।
उनले एमालेलाई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहकै बेला एमाले नेतृत्वको सरकारले मधेसका १ लाख २२ हजार हेक्टर जग्गा सिञ्चित गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको पनि सुनाए।
एमाले नेतृत्वकै सरकारले मधेसमा ‘जनता आवास ’ कार्यक्रम ल्याएर हजारौँ गरिब दलितलाई पक्की घर बनाएर दिएको पनि जिकिर उनले गरे। उनले मधेसका वीरगन्ज, जनकपुरजस्ता ठूला सहरमा चार र ६ लेनको कालोपत्रे सडक पनि आफू प्रधानमन्त्री भएकै बेला निर्माण भएको पनि बताए ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा एमालेको जित हुने बताएकाछन् । बारा क्षेत्र नं. २ बाट पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए।
ओलीले भने,‘ यस क्षेत्रमा अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क रहनुहोला । वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ । यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’ एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ यादवले जिते देशको विकास नहुने उनको भनाइ । ओलीले भने,‘यादवज्यू मोरङ,सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ । फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला । उहाँ (यादवज्यू)बाट विकास हुन्छ त । ’ ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद