Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेन्टर नेपाल पर्साको साधारण सभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १८,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज १७ चैत ।
“सम्पूर्ण श्रमजीवी पत्रकारहरु एक हौं । समाजवादको यात्रामा अघि बढौ” भन्ने मुल नाराका साथ प्रेस सेन्टर नेपाल, पर्साको वार्षिक साधारण सभा तथा प्रशिक्षण कार्यक्रम शुक्रवार वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजको क्लासिक ब्यानक्वेट होटेलमा सम्पन्न सो साधारणसभामा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द देवकोटाले पत्रकारिता पेशा मर्यादित पेशा भएकोले सम्पूर्ण सञ्चारकर्मीहरुले सथ्य, तथ्य एवं निश्पक्ष ढंगले समाचार प्रकाशन प्रशारण गर्न सुझाएका थिए । परम्परागत पत्रकारिता भन्दा अहिलेको आधुनिक पत्रकारिता फष्टाएको चर्चा गर्दै प्रिन्ट मिडिया भन्दा ईलेक्ट्रोनिक मिडिया बढि प्रभावकारी हुदै गएको बताए । पत्रकारिता पेशा खासगरी केही अनलाईन तथा केही व्यक्तिहरुले बदनाम गराईरहेकोमा त्यसलाई सुधार गर्नु पर्ने आवश्यता रहेको औल्याए ।

फोटो : जोतीलाल पंडित

प्रेस सेन्टर नेपालका पर्सा अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, नेकपा माओवादी केन्द्रका नेता रामबाबु बैठा, सेन्टरका केन्द्रिय महासचिव सन्तोष पौडेल, केन्द्रीय सदस्यहरु निरज पिठाकोटे, जगत राई, अंजली थापा, रामबाबु मेहता, संतोष पौडेल, मधेश प्रदेश सचिव मुनेश लायोमगर, बारा अध्यक्ष रंजय यादव, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष तुलसी भण्डारी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव शिवनाथ यादवले गरेका थिए ।
साधारणसभाको बन्दशत्रले बिगत समयमा भए गरेका गतिविधिहरुको छलफल तथा आउने दिनहरुमा सेन्टरले गर्ने कार्ययोजनाहरु निर्माण भएको अध्यक्ष गौतमले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद