Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

बारा २ को उपचुनावमा एमालेबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउन स्थानीय नेताको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारा २ को उपचुनावमा नेकपा एमालेबाट पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउन स्थानीय नेताहरूले शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।

साबिक क्षेत्र नम्बर ३ बाट जितेका थिए । पछिल्लो पटक उनी क्षेत्र नम्बर १ मा दाबेदार रहे पनि अच्युत मैनालीले टिकट पाएका कारण चुनाव लड्न पाएनन् । दक्षिण क्षेत्रमा परिचित र मधेसी समुदायले मन पराउने नेता भएका कारण पौडेललाई उम्मेदवार बनाएर परिणाम निकाल्न सकिने स्थानीय नेताहरूको भनाइ छ ।

मिसन ग्रासरुटको अभियानमा बारा पुगेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव तथा मधेस इन्चार्ज रघुवीर महासेठलगायतका नेतासँग सो क्षेत्रका नेताहरुले पौडेललाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।
प्रदेश कमिटी सदस्यहरू राजेश साह, कौशल सिंह, धनीराम चौधरी, दशरथ रामलगायतले पौडेलको नाम सुझाएका छन् । सो क्षेत्रबाट एमालेको बलियो उम्मेदवार छैनन् । माओवादी नेता शिवचन्द्र कुशवाहले एमालेले टिकट दिए पार्टी प्रवेश गर्ने बताएका छन् ।

पौडेल आफैं उम्मेदवारीका लागि इच्छुक नभए पनि कार्यकर्ताले दबाब दिइरहेको स्थानीय नेताहरुको भनाइ छ । सो क्षेत्रमा करीव ४ हजार पहाडे समुदायको मत छ । पौडेल मधेसी समुदायमा लोकप्रिय मानिन्छन् ।

सो क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८ सहित सुवर्ण गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता र करैयामाई गाउँपालिका पर्छन् । यीमध्ये पचरौतामा एमालेले जितेको छ भने करैयामाईमा झिनो मतले पराजित भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

निर्वाध चल्न दिएको स्कुटर अहिले नियन्त्रणमा, स्थानीय प्रशासनको दोहोरो नीतिले सर्वसाधारण मर्कामा
मुख्य समाचार

निर्वाध चल्न दिएको स्कुटर अहिले नियन्त्रणमा, स्थानीय प्रशासनको दोहोरो नीतिले सर्वसाधारण मर्कामा

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह अन्तर्गत शैक्षिक खेलौना प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह अन्तर्गत शैक्षिक खेलौना प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद