Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश प्रदेशको मन्त्रालयमा काम गर्ने कर्मचारीलाई आफ्नो नियम र नितिमा रहेर काम गर्न आग्रह– मन्त्री अन्सारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १२,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१२ चैत, वीरगंज
मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले आफु मन्त्री भएपछि मन्त्रालयमा बस्न थालेको बताउनुभयो । मधेश प्रदेशको मन्त्रालयमा मन्त्रीहरु नबस्ने र महिनामा एक÷दुई पटक बस्ने गुनासो सेवाग्राहीबाट आउँदा आफु मन्त्री बनेपछि पहिलो काम दिनहु मन्त्रालयमा बस्न थालेको बताउनुभयो ।

मधेश प्रदेशको मन्त्रालयमा काम गर्ने कर्मचारीहरु राजनितिक दवावमा काम गर्नुपर्ने अवस्था रहेको बताउँदै आफ्नो नियम र नितिमा रहेर काम गर्न कर्मचारीलाई आग्रह गरिएको बताउनुभयो ।

‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले वीरगञ्जमा तन्नेरीसँग मन्त्री ज्यू कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तन्नेरीहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अन्सारीले संस्थापक प्रदेश सरकारले वातावरणिय ऐन नबनाएको बताउनुभयो । वातावरणिय ऐन बनाउन आफु तयारी थालिसकेको र यसमा समय लाग्ने बताउनुभयो । अब प्रत्येक जिल्लामा पर्यावरण निरीक्षक राखेर उद्योगको प्रदुषणबारे प्र्रतिवेदन तयार पार्ने र त्यसकै आधारमा काम गर्ने आफ्नो तयारी रहेको उहाँले औल्याउँनुभयो । मन्त्री अन्सारीले एक वर्ष भित्रमा पर्यावरण अनुकूलका कलकारखान जनताले हेर्न सक्ने बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

वन पैदवारसँग जोडिने उद्यमशिलता कार्यक्रम ल्याउन आफु प्रयासरत रहेको उहाँले बताउनुभयो । यस कार्यक्रमलाई हल्दी र बाँस उत्पादनमा केन्द्रित गर्ने आफ्नो योजना रहेको बताउनुभयो । हल्दी अनुहार सौन्दर्य बनाउने क्रिम र विभिन्न औषधीको रुपमा पनि प्रयोग हुने भएको हुँदा आफ्नो प्रदेशमा यसको उत्पादन गर्ने योजना बनाएको बताउँदै हल्दीको माग नेपालभन्दा पनि भारत लगायत विदेशमा बढी रहेको मन्त्री अन्सारीले बताउनुभयो । त्यसैगरी बाँसको आयु ३० वर्ष रहेको भन्दै बाँसको उत्पादनले सरकारका अन्य योजना जस्तै जनता आवास कार्यक्रमका लागी पनि उपयुक्त रहको बताउनुभयो । यो कार्यक्रम युवासँग, उद्योगसँग र बजारसँग जोडेर ल्याउने प्रयासरत रहेको उहाँले बताउनुभयोे ।

मन्त्री अन्सारीले मधेश प्रदेशका महिलालाई उद्यमशिल बनाउने पछिल्लो सरकारले ल्याएको योजना विफल रहेको प्रष्ट पार्नुभयो । “पछिल्लो सरकारले महिलाहरुलाई व्युटिसियन, सिलाईकटाई लगायतका तालिम दिए पनि उद्यमशिल बनाउन सकेको छैन्” मन्त्री अन्सारीले भन्नुभयो । “सरकारले तालिम त दियो, सिप सिकायो तर उद्योग संचालनको लागी कुनै सहयोग नगरेको कारण उद्यमशिल बनाउन नसकेको बताउनुभयो । ग्रमिण महिलाहरुलाई उद्यमशिलता बनाउने योजनाका साथ आफु अगाडी बढि रहेको र यो आफ्नै कार्यकालमा जनताले हेर्नेछ, मन्त्री अन्सारीले भन्नुभयो ।”

वन फडानी भईरहेको तर्फ प्रदेश सरकारले के गर्दै छ रु भन्ने प्रश्नमा मन्त्री अन्सारीले मधेश प्रदेशमा करिब १६ करोडको बृक्षा रोपन कार्यक्रम रहेको तर त्यो कागजमा सिमित रहेको निरिक्षणको क्रममा भेटाएको भन्नुभयो ।

“वृक्षा रोपन काहाँ गरिएको छ रु भनेर कर्मचारीहरुलाई सोध्दा जंगल देखाउने गरिएको छ तर वृक्षारोपन गरिएको देखिदैन ।” अब पर्सा जिल्लामा यही अषाढ मसान्त भित्र १०० विग्घा जग्गामा जंगल लगाउने आफ्नो योजना रहेको मन्त्री अन्सारीले बताउनुभयो । वन डढेलो र चराचुरुङ्गी रोक्न आफुहरुसँग बजेट र योजना रहेको त्यसअनुसार आफु काममा लागी सकेको उहाँले बताउनुभयो ।

मन्त्री अन्सारीले वन संरक्षणमा खटिएका वन रक्षकहरु अस्वस्थ र अयोग्य रहेको भन्दै त्यहाँ युवाहरुको कमि रहेको बताउनुभयो । वन रक्षक राख्ने योजना संघ सरकारबाट प्रदेश सरकारको अधिनमा लिएर त्यहाँ योग्य र युवाहरुलाई वन रक्षकको रुपमा राख्ने योजनाका साथ अगाडी बढी रहेको उहाँले बताउनुभयो ।

हाम्रो अभियानका शिवनाथ यादवले सहजिकरण गरेको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रदेश सरकारले गरेको राम्रा कामहरु के–के हुन् रु वातावरण प्रदुषणको समस्या समाधान गर्न, उद्योगमा सुधार ल्याउन के–के गर्दैछ रु दिनहुँ वन फडानी भईरहँदा वनलाई संरक्षण गर्न प्रदेश सरकारको योजना के कस्तो छ रु अबको प्रदेश सरकार कसरी अघि बढ्छ रु लगायतका प्रश्न गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद