Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

नेविसंघले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचन घोषणापत्र

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,०२ चैत । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो।

जारी घोषणापत्रको ‘नेविसंघको अबको शिक्षा नीति’ खण्डमा उल्लेख गरिएको छ–‘लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरी ज्ञानवर्द्धक र जीवन उपयोगी शिक्षा लागू गर्नुपर्दछ । नेविसंघ शिक्षालाई चेतना, मस्तिष्क, प्रतिभा र सिर्जनशीलताको विकासको आधार ठान्दछ।’

नेविसंघले सबै विद्यार्थीहरूको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनदेखि विद्यार्थीहरूलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने संकल्पसमेत लिएको छ ।

अपांगमैत्री शिक्षालय, छात्रवृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेज लगायतका संकल्प नेविसंघले लिएको छ ।

संघले माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः नि:शुल्क बनाउने अठोट लिएको कुरा प्रतिबद्धतामा राखेको छ ।

घोषणापत्रमा नेविसंघले ‘के गर्ने’ र के नगर्ने भन्दै नीतिगत घोषणा पनि गरेको छ । जसअनुसार गर्ने कुरामा विश्वविद्यालय ऐन निर्माणको नेतृत्व गर्ने, सस्टेनेबल प्राक्टिसेस र वातावरण संरक्षण अभियानको नेतृत्व गर्ने, महँगी, कालोबजारी र भ्रष्टाचारको अन्त्य गर्ने, सबै शिक्षालयमा स्टुडेन्ट रिसर्च युनिटको स्थापना गर्ने कुरा छ ।

यस्तै, नगर्ने कुरामा भने विद्यार्थीको सामूहिक हितविपरीत कुनै पनि र व्यक्तिगत स्वार्थका निमित्त सम्झौता नगर्ने, कुनै पनि दुर्व्यवहार, सामाजिक असंगतीलगायतको गतिविधिमा संलग्नता नगर्ने कुरा छन् ।

घोषणापत्र सार्वजनिक गर्दै संघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरूको आन्दोलनमार्फत देशको व्यवस्था परिवर्तन भए पनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन नसकेको बताए ।

अध्यक्ष शेर्पाले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा विविध समस्या देखापरेको बताए । ‘व्यवस्था परिवर्तन भएपछि पनि अझैपनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन सकेको छैन ।

आज सानो–सानो कुराहरू समयमा परीक्षा नहुने, समयमा नतिजा नआउने र लामो समयसम्म विद्यार्थीहरूले नतिजा कुर्नुपर्ने, नतिजा कुर्दाकुर्दै खाडी देशमा जानुपर्ने अवस्था हामीले देखिरहेका छौं,’–उनले भने ।

अहिले नेविसंघभित्र रहेका असन्तुष्टि र समस्या स्ववियु निर्वाचनपछि बसेर टुंग्याउन पनि उनले असन्तुष्ट पक्षसँग आग्रह गरे । आगामी चैत्र पाँच गते हुँदै गरेको स्ववियु निर्वाचनमा सहयोग गर्न उनले नेविसंघका सबै विद्यार्थी तथा नेताहरूलाई आग्रह गरे ।

‘केही साथीहरूमा असन्तुष्टि छ भने सबै कुराहरू स्ववियु चुनावपछि हामी सबै जना बसेर बहस र छलफलबाट टुंग्याऔंँ । सबैजना एकीकृत भएर यसलाई सफल बनाऔं ।

यो चौध वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी संगठनको निर्वाचनलाई अझैपनि धेरै ठाउँबाट भाँड्ने काम हुँदैछ । यो स्ववियु निर्वाचन कुनैपनि हालतमा भाँडिनुहुँदैन । यदि, त्यस्तो प्रपञ्च भयो भने त्यसको प्रतिकार नेविसंघले गर्छ । सबै साथीहरूलाई यसको प्रतिकार गर्न तम्तयार भएर बस्न आग्रह गर्छु,’–उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
पर्सा–बाराबाट शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ यात्रा सुरु
धर्म

पर्सा–बाराबाट शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ यात्रा सुरु

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद