Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नागरिकता विधेयकबारे सांसद प्रदीप यादवले भने : राष्ट्रपतिको भिटोबारे छलफल गरौं

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,०३ फागुन । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले संविधान जारी भएको ८ बर्षसम्म संविधान अनुसार नागरिकता ऐन नबन्नु दुखद भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले नागरिकता ऐन संशोधन नहुँदा ६ लाख बढी नागरिक नागरिकताबिहीन हुनुपरेको बताए ।

यसअघि संसदले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको भन्दै सांसद यादवले असन्तुष्टि व्यक्त गरे । दुई पटकससम्म संघीय संसदले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी छ ।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा मुख्यत नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिने विषयमा दलहरुका बीचमा कुरा मिलेको थिएन । तत्कालीन अवस्थामा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।

एमालेसँग सरकारमा रहँदा माओवादी केन्द्रले पनि यही विषयमा आफ्नो अडान राखेको थियो । तर, पछि कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि विवाहलगत्तै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानको निरन्तरताको पक्षमा माओवादी केन्द्र रह्यो ।

अब पनि नागरिकता विधेयक सदनमा ल्याउन र पारित गर्नमा ढिलाइ गरेर पार्टीले सदन र सडकमा आन्दोलन चर्काउने जसपा सांसद यादवको चेतावनी छ ।

बुबा आमा काका काकी नेपाली नागरिक बालिग सन्तान अनागरिक कसरी हुन्छन् भन्ने प्रश्न गर्दै उनले कुनै कुनै त दाइ दिदी नागरिक भाइ बहिनी अनागरिक भएको स्थिति पनि रहेको बताए । साभार : अनलाईन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद