वीरगञ्ज, २४ माघ । मधेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादवले प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी ले मुख्यमन्त्री सरोजकुमार यादवबाट शपथ लिएका हुन् ।
यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते ३ जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस